बैशाख ८, २०८१ शनिबार

शिवसताक्षीका अवकास प्राप्त शिक्षक तथा दीर्घसेवी सम्मानित

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकाले नगरका अवकास प्राप्त शिक्षकलाई सम्मान गरेको छ । शिवसताक्षी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा अन्तर्गतको शैक्षिक सम्मान समितिले एक कार्यक्रमका बीच नगरभित्रका सामुदायिक विद्यालयबाट अवकास प्राप्त तथा दीर्घसेवी गरी २९ जना शिक्षकलाई सम्मान गरेको हो ।

उनीहरुलाई नगरप्रमुख मेगाहाङ्ग थोप्रा (रोशन), उपप्रमुख नरमाया कार्की, शिक्षा शाखा प्रमुख छवि ढकाल, शिक्षक महासंघ अध्यक्ष बेनु कार्कीले माला, अबिर लगाई दिएर सम्मान पत्र प्रदान गरेका हुन् । सम्मानित हुने अवकास प्राप्त शिक्षकहरुमा रामप्रसाद योङहाङ, जयनारायण अधिकारी, बालकृष्ण मैनाली, राजेदव यादव, लक्ष्मीप्रसाद ढकाल, रुद्रमणि उप्रेती, यामप्रसाद हुमागाईँ, माधवप्रसाद भण्डारी, खेमनाथ सिग्देल, रामदेव शाह, धनबहादुर बस्नेत, सोमप्रसाद पकवाल, कमलबहादुर बस्नेत, रोहितकुमार पाण्डे, देवीप्रसाद चुडाल रहेका छन् ।

त्यस्तै सामुदायिक विद्यालयमा कार्यरत ३० वर्ष सेवा अवधि पूरा गरेका दीर्घसेवी शिक्षक तथा कर्मचारीहरुमा दिलबहादुर ताजपुरिया, जनकबहादुर खड्का, अकलबहादुर भुजेल, लालचन राजवंशी, शारदा सुब्बा, बालकृष्ण प्रसाई, चिन्तामुनि चुडाल, डम्बरकुमारी कार्की, टंकप्रसाद तुम्बापो, राजकुमार ठाकुर र छविलाल दवाडी सम्मानित भएको शैक्षिक सम्मान समितिले जनाएको छ ।

समितिले नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु मध्येबाट आधारभूत तह, एसईई, कक्षा १२ को अन्तिम परीक्षामा सर्वोत्कृष्ट जिपिए ल्याउने १३ जना छात्र छात्रालाई नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको शैक्षिक सम्मान समितिका अध्यक्ष कालीप्रसाद रिजालले जानकारी दिए ।

यसै बीच शिवसताक्षी नगरपालिकामा शिक्षकको सर्वोच्च पद माध्यमिक तह प्रथम श्रेणीमा बढुवा हुनुभएका श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक कालीप्रसाद रिजाललाई मानार्थ सम्मान गरिएको थियो ।
सामुदायिक विद्यालयमा आधारभूत तह उत्तीर्ण परीक्षामा ३.६१ जिपिए भन्दा बढी प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकलाई पनि नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने विद्यार्थीहरुलाई मेडल लगाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख मेगाहाङ्ग थोप्राले नगरभित्रका विद्यालयहरुमा शिक्षा सुधारका लागि नगरपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएको बताए । विद्यालयको भौतिक विकासका साथै शिक्षाको गुणस्तर बृद्धि गर्न स्मार्ट विद्यालय अवधारणा अनुसारको सुरु गर्न लागिएको जानकारी दिए ।

कार्यक्रममा सहभागी विद्यालयहरुले नाच तथा गायन प्रस्तुत गरेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिककी उपप्रमुख नरमाया कार्की, वडाध्यक्ष विष्णु प्रसाई, शिक्षक महासंघ अध्यक्ष बेनुप्रसाद कार्की, श्री राष्ट्रिय रमणीय आदर्श माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष महेन्द्र भट्टराईले शुभकामना मन्तव्य राखेको कार्यक्रमको स्वागत मन्तव्य लालपानी माविका प्रधानाध्यापक बालकृष्ण प्रसाई र कार्यक्रम सञ्चालन शिक्षक श्रीप्रसाद खरेलले गरेका थिए ।

प्रकाशित मिति : कार्तिक ८, २०७९ मंगलबार  ९ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]