बैशाख ११, २०८१ मंगलबार

कमरेड एकराज : विकासे नेताको पहिचान

झापा । नेपाल कम्युनिष्ट पार्टी एमालेको नीति, कार्यक्रम र सिद्धान्तप्रति बफादार, सादा जीवनका धनी, पार्टी निर्णयका अक्षरशः पालक कमरेड एकराज कार्कीको आम मानिस बीचको परिचय हो । गरिब जनताका माझ धन दौलत सबै त्यागेर, सबैखाले मानिससँग समान व्यवहार गर्दै अन्यायको विरुद्ध मर्न तयार व्यक्ति नै एकराज कार्की हो भन्न कसैले हिच्किचाउनु पर्दैन ।

जनताको सेवालाई आफ्नो महत्वपूर्ण लक्ष्य बनाउँदै, गरिब दुःखी किसान मजदुर सबैको उद्धार गर्ने व्यक्तिको पहिचान बनाउनु भएका उहाँ हाल झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ मा स्थायी बसोबास गर्नुहुन्छ । वि. सं. २०१८ साल कात्तिक १७ गते झापाको साविक गरामनी गाउँ पञ्चायत वडा नं. २ हाल बिर्तामोड नगरपालिका वडा नं. ७ निवासी पूर्णबहादुर कार्की र तुलसादेवी कार्कीको काइँलो छोराको रुपमा उहाँ जन्मिनु भएको हो ।

हाल उहाँ नेपाल कम्युनिष्ट पार्टी एमाले प्रदेश नम्बर १ कमिटीको सदस्य हुनुहुन्छ । यही २०७९ साल मंसीर ४ गते सम्पन्न हुन लागेको निर्वाचनमा कमरेड एकराज कार्कीलाई नेपाल कम्युनिष्ट पार्टी एमालेले झापा क्षेत्र नं. २ (१) बाट प्रदेश सभा सदस्य पदको उम्मेदवार बनाएको छ । उहाँले चन्द्रगढीस्थित बीरेन्द्र माविबाट एसएलसी उत्तीर्ण गरी राजविराज कलेजबाट प्रविणता प्रमाणपत्र तह (आइएल) सम्मको अध्ययन पूरा गर्नुभएको छ ।

जनप्रतिनिधिको जिम्मेवारी :
विद्यालय उमेरमा नै राजनीतिक चेतना जागृत भएको थियो । यही चेतनालाई मूर्तरुप दिन राजविराज कलेजमा प्रविणता प्रमाण पत्र तह (आइएल) अध्ययन गरिरहेको अवस्थामा झापा बोलाएर २०४३ सालमा गरामनी गाउँ पञ्चायतमा जनपक्षीय उपप्रधानपञ्च जिताइएको थियो । कम्युनिष्टको पक्षमा काम गरेको पाइए पछि तत्कालीन प्रधानपञ्च डिल्लीकुमार मैनालीलाई कार्यकाल सुरुभएको केही महिनामा नै प्रशासनले पक्राउ गरी जेल पठाए पछि कार्कीले निमित्त भई काम गर्नु परेको थियो ।

बहुदल आएपछिको पहिलो स्थानीय निर्वाचन २०४९ मा उहाँ फेरि गरामनी गाउँ विकास समितिको अध्यक्षमा निर्वाचित हुनुभयो । एक कार्यकाल गाविस अध्यक्ष हुनुभएका कार्की २०५४ सालमा आफ्नो वडामा सदस्य (गासस) निर्वाचित भई जिल्ला विकास समिति झापाको सदस्य बन्नुभयो । सो अवधिमा नेकपा माओवादीले सशस्त्र युद्ध गरिरहेको थियो । उहाँले पार्टीको नेताका रुपमा, जिविसको सदस्यका रुपमा भन्दा पनि आफ्नै क्षमताको भरपुर उपयोग गर्दै गाउँ घरमा जनताको सुरक्षा कवच बनेर माओवादीबाट कसैको क्षति हुन दिनु भएन ।

संविधानसभाबाट नयाँ संविधान बनेर राज्य पुनःसंरचना गरिए पछि उहाँलाई प्रदेशसभा सदस्य पदमा पार्टीले उम्मेदवार बनाएको थियो । र, उहो अत्यन्त लोकप्रिय मत प्राप्त गरी विजयी बन्नुभयो । एक कार्यकाल प्रदेशसभा सदस्य बनेर जिम्मेवारी निर्वाहा गर्नुभएका कार्कीले सामाजिक आर्थिक रुपान्तरणसँगै आफ्नो क्षेत्रको भौतिक विकास निर्माणमा उल्लेखनीय काम गर्नुभएको छ ।

हिरासत र जेल जीवन :
नेपालको प्रजातान्त्रिक आन्दोलनमा सहभागी भएका सबैजसो नेताहरुले थोरै धेरै जेव वा कस्टडीको बास बस्नु परेको इतिहास छ । पञ्चायत कालबाटै अग्रभागमा रहेर जनताको सेवा गर्नुभएका एकराजले पनि २०४३ सालमा २ महिना जेलको चिसो छिडीमा बास बस्नु परेको थियो । सोपछि पनि राजनीतिक विषयमा सोधपुछ गर्नभन्दै पटक पटक हिरासतमा बस्नु परेको थियो । केही पटक त २४ दिनसम्म हिरासतमा राखेर सादा तारेखमा छाडेको उहाँ सम्झनु हुन्छ । सो पछि २०४६ सालमा भएको जनआन्दोलनमा पनि उहाँले ३ महिना जेल जीवन बिताउनु पर्यो । २०६२-०६३ को जनआन्दोलनमा चाहिँ सक्रिय भूमिका निर्वाह गर्नुभए तापनि उहाँ आफ्नो राजनीतिक कौशलका कारण गिरफ्तार हुनबाट बच्नु भएको थियो ।

नेकपा एमालेमा जिम्मेवारी :
प्रजातान्त्रिक राष्ट्रिय युवा संघ झापा जिल्ला अध्यक्ष हुँदै केन्द्रीय सदस्यसम्मको भूमिका निार्वाह गर्नुभएको छ ।
२०५४ सालबाट नेकपा (एमाले) झापा जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, इन्चार्ज तथा विभिन्न विभागीय जिम्मेवारी सम्हाल्दै २०७५ सम्म काम गर्नुभयो । २०७६ सालमा उहाँलाई माथिल्लो तह प्रदेश कमिटी सदस्य पदमा जिम्मेवारी दिइएको छ ।

व्यवसायिक–सामाजिक क्षेत्रको भूमिकामा एकराज :
गरामनी शक्तिपिठ दुर्गा मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्ष रही काम गरिरहनु भएको ।
स्थानीय सुन्दर निचाझोडा सामुदायिक वन समूहको १५ वर्षसम्म अध्यक्ष भई सामुदायिक वन संरक्षण र उपभोक्ताहरुको अधिकारबारे काम गरी नेतृत्व हस्तान्तरण गर्नुभएको ।
भेनियर उत्पादन व्यवसाय गरिरहेको समयमा नेपाल भेनियर उत्पादक संघको २ कार्यकाल केन्द्रीय अध्यक्ष रहेर सञ्चालन गर्नुभएको ।
गरामनी बासीलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ सञ्चालित उपभोक्ता समितिमा अध्यक्ष रही सेवारत हुनुहुन्छ ।
२०७२-०७३ सालमा सुकुम्बासी समस्या समाधान आयोगको झापा अध्यक्षको जिम्मेवारीमा रहेर तीब्र गतिमा काम गरेता पनि उक्त आयोग नै खारेज गरिदिएपछि देखिने गरी पूर्णरुपमा काम गर्न नदिइएकोले बीचैमा जिम्मेवारी मुक्त भएको ।
नीति निर्माणमा महत्वपूण भूमिका खेल्दै सबै क्षेत्रमा सुशासनको पक्षधर रहेर काम गर्नुभएको छ ।
योगदानमा आधारित सामाजिक सुरक्षा, श्रमसँग जोडिने सबैलाई सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने आवश्यकता माथि बहस गरिरहनु भएको छ ।

उद्योग, व्यापार, शान्ति र सद्भाव नामको मात्र होइन कामको पनि हुनुपर्छ भन्ने मान्यता राख्नु हुने एमाले नेता कार्की सबैले समुचित न्याय पाउनु पर्छ भन्ने स्पष्ट वक्ता हुनुहुन्छ । सबैभन्दा प्रिय कुरा के हो भने एकराज कार्कीलाई सर्वसाधारणले पनि खोजेको समयमा उनीहरुकै घर आँगनमा पुगेर भए पनि भेट दिने वा खोजेको बेला हरेक समय भेट्न सकिने जनप्रिय नेताको छवि छ ।

जनप्रतिनिधित्वकालमा विकासे नेताको भूमिकामा :
जनताको दुःखको साथी, आम नागरिकको भरोसा र साझा नेतृत्व बनेका सबैको प्यारो मान्छे एकराज कार्की विकास निर्माणको सवालमा पनि अग्रणी मानिनु हुन्छ । नेकपा एमालेको अल्पमतको ९ महिने सरकारका पालामा सञ्चालन गरिएको ‘आफ्नो गाउँ आफै बनाउँ अभियान’ बाट अभिप्रेरित उहाँले २०५१ सालमा थोरै बजेटबाट जनताको साथ लिएर विकास निर्माणको काम थाल्नु भएको थियो । जनप्रतिनिधिका रुपमा एकराज कार्कीको अग्रसरता अनि बजेटको व्यवस्थापनबाट धेरै कामहरु भएका छन् । उदाहरणका लागि यहाँ केही विवरण प्रस्तुत छन् –

सडक–बाटो–कल्भर्ट–पूल :
२०५१ सालमा ३० किलोमिटरभन्दा बढी नयाँ सडक मार्ग स्थापना ।
शहीद नेत्रमार्ग गरामनी केचना
शहीद चन्द्र मार्ग निर्माण सुरु,
कनकाई—लक्ष्मीपुर, लक्ष्मीपुर हुँदै बिरिङ्ग निस्कने शितलचोक रिङरोड स्तरोन्नति र कालोपत्रे निर्माण ।
भगवान चोक बिर्ताबजार रोड कालोपत्रे
बिर्ताबजारबाट घैलाडुब्बा जाने गोकुल जोशी मार्ग स्तारोन्नति, ग्राभेल र केही भागमा कालोपत्रे
देउनियाँ खोलामा २ वटा झोलुङ्गे पूल निर्माण
अन्य दर्जनभन्दा बढी पूल कल्भर्टहरु निर्माण ।

तटबन्धन-सिंचाई :
ड्ड विरिङ्ग उत्तर, भुसुडी, रेखा, देउनियाँ, घाग्रा र अदुवा खोलमा माग एवम् आवश्यकता अनुसार तटबन्धन ।
ड्ड देउनिया सिंचाईका लागि निर्माण भएको हेड पूर्णरुपमा क्षति भएकोले पुनःनिर्माण गरिएको, भुतुनी सिंचाई, रेखाखोला सिंचाई र बंगुरभिट्टा सिंचाई सुरु गरिएको ।

शिक्षाक्षेत्र-स्वास्थ्य चौकी-कार्यालय :
ड्ड गरामनी बजारस्थित हालको दुर्गा माद्यमिक विद्यालयलाई निमावि (कक्षा ७) बाट स्तरोन्नति गराउने समितिको अध्यक्ष भई मावि बनाउन आवश्यक पहल र प्रयत्न गर्नुभएका उहाँ सोही विद्यालयलाई १० जोड २ बनाउन सफल र लामो अवधिसम्म व्यवस्थापन समितिको अध्यक्ष रहेर काम गर्नुभयो ।

गरामनी सामुदायिक क्याम्पसको स्थापना गरी हालसम्म व्यवस्थापना अध्यक्ष रही शैक्षिक उन्नयनको काम गरिरहनु भएको छ ।
शहीद लक्ष्मी प्राविको स्थापना, चमरधाप प्राविको स्थापना, जनता प्राविको स्थापना ।
गरामनी क्याम्पस भवन निर्माण, दुर्गा मावि गरामनी, हिमाली आधारभूत विद्यालयलाई मावि बनाउन योगदान गरिएको तथा विद्यालय भवन निर्माण गराइएको, शहीद लक्ष्मी प्राविलाई नमूना विद्यालय बनाएको ।
आफ्नो निर्वाचन क्षेत्रभित्र रहेका माद्यमिक विद्यालयहरुमा स्वच्छ पिउने पानीको व्यवस्थापन गरिएको, आइटी ल्याव निर्माण गराइएको तथा नमूना विद्यालय बनाउन पहल थालिएको ।
२०५१ सालमा गरामनी हेल्थपोस्ट स्थापना

खेलकुद :
ड्ड प्रदेशसभा सदस्य भए पछि खेलकुदतर्फ कनकाई नगरपालिका वडा नं. ९ मा एउटा र बिर्तामोड नगरपालिका वडा नं. ३ मा एउटा कभर्ड हल निर्माण ।
बिर्तामोड नगरपालिका वडा नं. ७ मा दुईवटा खेलमैदान निर्माण गरेको ।

सामाजिक-सामुदायिक कार्यः
ड्ड गरामनी शक्तिपीठसहित विभिन्न जाति र समुदायका भवनहरु निर्माणका लागि बजेट व्यवस्थापन तथा आवश्यक सहयोग गर्नुभएको । नमोबौद्ध गुम्बा, क्रिस्चियनको चर्च भवन, मुस्लिमहरुको सामुदायिक भवनहरु निर्माण, मस्जिद, छठ समुदाय, नेवार समुदाय, सन्थाल समुदायको जातीय उत्थान तथा सांस्कृतिक प्रवद्र्धनका लागि काम गर्नुभएको ।
लक्ष्मीपुर खानेपानी, गरामनी खानेपानी, कोलाटोली खानेपानीको संरक्षण र उपभोगका लागि बजेट प्रवाह गरिएको । घैलाडुब्बामा खानेपानी योजना सञ्चालन ।
ज्येष्ठ नागरिक भवनहरु निर्माण
आफ्नो निर्वाचन क्षेत्र प्रदेश २ (१) भित्र जनता आवास कार्यक्रम मार्फत् विपन्न परिवारका लागि ५५ वटा आवास निर्माण गरिएको ।
बिर्तामोड ७ र ८ को हात्ती प्रभावित क्षेत्रमा विद्युतीकरण गरिएको ।
शहीद उद्यान गरामनी, शहीद नेत्रपार्क निर्माणमा बजेट प्रवाह गरिएको ।

प्रकाशित मिति : कार्तिक ८, २०७९ मंगलबार  ४ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]