जेष्ठ ४, २०८१ शुक्रबार

बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरियो

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३–० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो ।

बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए ।

समुह सी बाट बायर्न म्युनिखले ५ खेलमा सबै खेल जितेर १५ अंकसहित यसअघि नै नकआउट चरणमा पुगिसकेको छ भने यस समुह बाट इन्टर मिलान नकआउट चरणमा पुगेको छ । त्यस्तै बार्सिलोना लगातार दोस्रो बर्ष समुह चरणबाट बाहिरिएको छ । यस समुहबाट भिक्टोरिया प्लेजेन पनि बाहिरिएको छ ।

प्रकाशित मिति : कार्तिक १०, २०७९ बिहीबार  ७ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]