बैशाख १३, २०८१ बिहीबार

‘जापानको सिंचाई प्रणाली शिवसताक्षीमा लागु गरेर कृषि क्षेत्रको विकास गर्छौ’

स्थानीय सरकारको गठन पछि आम नागरिकको अपेक्षा सामान्य छैन । गाउँगाउँमा विकासको पहुँच पु¥याउन गाउँगाउँमा सिहंदरवारको परिकल्पना गरिएको हो । झापाको शिवसताक्षी जिल्लाको मध्य भागकमा रहेको स्थानीय सरकार हो । नगरपालिका अहिले आम नागरिकको सरकार हो । नागरिकको आवश्यकता र विकासलाई नगरपालिकाले कसरी अघि बढाइरहेको छ । नगरका प्रमुख मेयर चन्द्र शेर्मा भर्खरै मात्र जापानमा सिंचाई प्रणालीको अध्ययन सकेर फर्कनु भएको छ । जापान अनुभवसँगै शिवसताक्षी नगरपालिकाले सेवा प्रवाह कसरी गरिरहेको भन्ने नगर प्रमुख शेर्मासँग गरिएको कुराकानी :

१, भर्खरै जापानमा अध्ययन भ्रमण गरेर आउनु भएको छ । कस्तो रह्यो अध्ययन भ्रमण ?

हामी जाइका नामक संस्थाको अनुरोधमा जापानको सिंचाई प्रणालीको बारेमा अध्ययन गर्न गएको थियौं । त्यहाँको कृषि प्रणालीको लागि सिचाई महत्वपूर्ण पाटो भएकाले हामी पनि सोहि विषयमा अध्ययन गरेर फक्र्यौ । जापानको जाइकाले नेपालमा पनि सिचाईको निम्ति प्राविधिक सहयोग गर्दै आएको छ । झापामा पनि जाइकाको सेवा क्षेत्र पर्ने ४ वटा स्थानीय तहबाट भ्रमणको अवसर जुटेको थियो । मन्त्रालयबाट सहसचिव, सिचाईबाट डिजीसहित कर्मचारी र जनप्रतिनिधिले जापानको कृषि क्षेत्रकै अवलोकन गरेर आयौं । भ्रमण टोलीमा हामी १६ जना सहभागी बनेका थियौं । त्यहाँको अनुभव र अभ्यासलाई अध्ययन गरेर हामीले आफ्नो ठाउँमा कार्यान्वयन गर्नु नै मुख्य उद्देश्य थियो । सिचाईको अध्ययनसँगै हामीले कृषिमा धेरै अध्ययन अवलोकन समेत गर्ने अवसर पाएका थियौं । भ्रमण उपलब्धी मुलक बनाउन भ्रमणमा देखेका बुझेका कुरा कार्यान्वय गर्न जरुरी ठानेको छु ।

२, जापानिज किसानसँग पनि भेट भयो ?

भ्यो, हामीले २ जना किसानसँग प्रत्यक्ष भेटघाट गरेर कुराकानी गर्ने अवसर जुटेको थियो । उनीहरुको कामको शैली र त्यहाँको कृषि प्रणालीबारे कुरा गर्न पाएका थियौं । जापान विश्वकै सम्पन्न र अगाडि बढेको राष्ट्र रहेछ । प्रविधि क्षेत्र होस् या विभिन्न क्षेत्रमा जापानले मारेको फड्को असामान्य छ । त्यो भ्रमणका क्रममा देखियो । एउटा परिवारले १८ हेक्टरसम्म बाली लगाइएको देख्न पायौं । तरकारी , धानवनली सँगै पनि देखियो । तरकारी र धानवालीसँगै वरपर देख्दा अचम्मा परियो । कृषिमा हदैसम्मको प्रविधि प्रयोग गरेको पाइयो । हेलिकप्टरबाट विषादी छर्कने, रिमोटबाट सिचाई कन्ट्रोल गर्ने त्यहाँको प्रविधि देख्दा त्यहाँ सरकारले कृषिलाई प्राथमिकतामा राखेको पाए । किसानमा पनि आफ्नै किसिमको मेहनत र उर्जा देखियो । प्रविधिको अधिकतम प्रयोगले नै जापानले कृषिमा फड्को मारेको अनुभूति गरियो ।

३, सिचाई व्यवस्था कस्तो रहेछ ?

हाम्रो मुख्य अध्ययन भ्रमणको विषय नै सिंचाई थियो । किसानको खेतिमा पानी पु¥याउन व्यवस्थित ड्याम निर्माण गरेको देख्न पायौं । सरोकारवालाले पानी नै मुख्य मानेर संरचना निर्माण गरेका रहेछन् । प्रविधिबाटै पानीको कन्ट्रोससम्म गरेको देख्न पाइयो । हरेक किसानको बालीमा पानी पु¥याउन गरेको प्रयासलाई अवलोन ग¥यौ । केहि अनौठो कुराहरु पनि रहेछ, त्यहाँ । त्यहाँ मानव स्रोत मुख्य समस्या देखियो । जापानका नागरिकलाई फुर्सन नै छैन । विवाह भयो भने पनि बच्चा जन्माउन फुर्’द छैन । बच्चा जन्माउन, हुर्काउन समयको अभाव भएपछि त्यहाँका नागरिक त्यो कष्ट गर्न नचाहको पाइयो । हरेक व्यक्ति स्मार्ट जीवन बिताइरहेका रहेछन् । मोवाइल हुनेहरु फोनमा कुरा गदैनन् । अरुलाई डिस्टर्व हुन्छ भनेर म्यासेजमा कुरा गर्छन् । यो सबै किसानले लागु गरेको सुनियो । मोवाइलमा कान थापेर हाइहेल्लो कसैले गरेको देखिन । त्यहाँ एकअर्का विच अपार सम्मान छ । मानवीय संवेदनालाई ख्याल गरेको पनि पाँए । त्यहाँको नागरिक कसैलाई हानी नोक्सानी बनाउने गरी नसोच्दा रहेछन् ।

४, त्यहाँ पुगेर नेपालको कृषिलाई सम्झनुभयो ?

२१ औं शताब्दीमा जापानको विकास उदेक लाग्दो छ । विकासमा धेरै अगाडि बढेको जापान घुम्दै गर्दा अवश्य पनि आफ्नो राष्ट्रको सम्झना भइहाल्छ । नेपालको कृषि क्षेत्रलाई कसरी विकास गर्ने, राष्ट्रको विकास बारे त्यसै पनि चिन्ता नहुने कुरै भएन । विकासका लागि नागरिक पनि सचेत हुनुपर्ने रहेछ । यहि अवस्थाबाट अघि बढ्दा पनि अझै १ सय वर्ष लाग्छ, तर नागरिकमा राष्ट्रप्रतिको प्रेम र विकासमा जवाफदेही हुने भए ५० वर्षमा नेपाललाई पनि धेरै अगाडि बढाउन सकिन्छ । त्यहाँ हाम्रो देशको विकासको सन्दर्भमा पनि छलफल गरियो । ज्ञान र सीप नभए देश विकास हुदैन र नागरिक पनि विपन्न नै रहनेछन् । नेपालमा मजदुरी गर्नेहरु १ हजार कमायो भने ५ दिन काम नगरी बस्छन् । त्यहाँ कोहि फुर्सदीलो भएर बसेको देखिन । सोच बदल्नुपर्छ । हरेक दिन काम नगरी बस्नु हुदैन भन्ने बुझाई जापानिजहरुमा छ । तर, हामी नेपालीमा त्यो सोचको विकास नै भएको छैन । सबैभन्दा ठुलो कुरा समयलाई सदुपयोग गरिहेको रहेछ, जापानमा ।

५, मेयर साप, जापानको सिचाईको अध्ययन भ्रमण गर्नुभयो । यो शिवसताक्षी पनि कृषि उत्पादनका लागि उर्वर छ । अब, यहाँको सिचाई प्रणालीलाई कसरी व्यवस्थित बनाउनु हुन्छ ?

हामी यहाँको सिचाईलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्दै अध्ययनका लागि नै गएका हौं । यहाँको कृषि क्षेत्रको सुधारमा सिचाईलाई प्रभावकारी बनाउन सकिन्छ भन्ने हाम्रो बुझाई छ । हाम्रो जमिन मात्र होइन , पानी पनि उर्वर छ । कनकाई नदीबाट पानीको उपयोग गरिरहेका छौं । पानीको समस्या छैन । अन्य ठाउँ जस्तो पानीमा समस्य छैन । पानीले गर्दा पनि उत्पादन राम्रो हुने गर्छ । कनकाई नहर नेपाल कै उत्कृष्ट नहर हो । त्यहि नहरबाट हामीले सिचाई गर्दै आएका छौं । शिवसताक्षीको ८४ प्रतिशत जमिनमा यसले सिचाई हुन्छ । गौरीगञ्ज, कमल, गौरादह पनि यसैबाट सिचाई हुने हो ।

६, कनकाई नहरबाट सिचाई गर्न कति सहज छ, किसानलाई ?

दोमुखा क्षेत्रबाट कनकाई नदीको पानी नहरमा प्रवेश गराइन्छ । भूगोलका दृष्टिले कनकाई नहरको पानी दक्षिण गौरीगञ्ज गाउँपालिका देखि नेपाल – भारत सिमा क्षेत्रसम्म पुग्छ । तर, पर्याप्त छैन । शिवसताक्षीका किसानले जुन परिमाणमा पानी पाउँछन्, गौरीगञ्जसम्म त्यसरी पानी पुग्दैन । हजारौैं किसानले विचमा शाखा नहर बनाएका छन् । कुलो पैनी छ । पानी दक्षिण अन्तिमसम्म पु¥याउन मुस्किल छ । पानी नपुगेपछि किसानको गुनासो आउनु स्वभाविक हो । पानी हरेक किसानको जग्गा–जग्गामा पुगोस् । त्यो चहाना हामीसँग छ । तर, प्राविधिक कठिनाई छ । त्यस्तै संरचना भएको ठाउँमा जापानमा कसरी सिचाईको सहज पहुँच पु¥याएको रहेछ भन्ने हेर्न पायौं । नदीमा ड्याम बनाएर सबै ठाउँसम्म सिचाई गरेको रहेछ । सिचाई पनि विधुत उत्पादन पनि । पानीको संचय गरेर यहाँको खानेपानी जस्तै गरी वितरण गरिएको रहेछ । पानी खेह्र नै गएको छैन, जापानमा । हरेक किसानको जग्गामा पानी एकै समय पुग्दो रहेछ । त्यही प्रणाली अब झापामा पनि लागु गर्ने योजना छ । त्यो योजना जाइकाले तयार गर्दैछ ।

७, यहाँको कृषिमा के कस्ता समस्या छ ?

जापानको कृषि प्रविधिमैत्री भयो । हामी बल्ल ट्याक्टर चलाउन थालेका छौं । यहाँ कृषिमा अझै परम्परावादी प्रणाली छ । किसानहरु आधुनिक खेती प्रणालीमा जान सक्नु भएको छैन । त्यहाँ जमिनलाई कम्तिमा ५ कठ्ठाको बनाइएको छ । यहाँ घरको कोठाभन्दा ठुला गरा छैनन् । जमिनको भुभाग पनि उस्तै मिलेको छ, त्यहाँ । टेवल जस्तो समतल छ । यहाँको खेत, गराहरु अग्ला होचा छन् । त्यसैले पनि पानीको सजिलै विस्तार गर्न सकिएको छैन । यहाँको कृषि व्यवसायिक हुन सकेको छैन । सर्वप्रथम कृषिमा आधुनिक प्रणाली अपनाउनै पर्छ । कृषि विकासको अन्तिम विकल्प नै आधुनिक खेति प्रणाली हो । अब, जाइकाले जापान कै सिचाई प्रणाली यहाँ लागु गर्न सहयोग गरेमा कृषिमा परिवर्तन ल्याउन सकिन्छ । कृषकले उत्पादन गरेको कृषि वस्तु विक्रि गर्न यहाँ सजिलो छैन । तर, त्यहाँ जापानमा किसानले उत्पादनको कृषि बस्तुको बजारमा कुनै समस्या छैन । कृषि सहकारी, कृषि समूहले नै कृषि उत्पादन खरिद गर्दा रहेछन् । यहाँ चाहिँ बजार पनि समस्याको रुपमा देखिएको छ ।

८, शिवसताक्षीले कृषिमा कस्तो योजना बनाएको छ ?

प्रधानमन्त्री कृषि परियोजनाका लागि काम अघि बढेको छ । त्यसका लागि हामीले वडा नं. २ मा ३ सय विगाह जमिन तयार गरेका छौं । धान सुपर जोन त्यहाँ हुनेछ । त्यस्तै ब्लक बनाउनका लागि जग्गाको गरा सुधार गरिने छ । टुक्रा–टुक्रा जग्गालाई ठुला गरा बनाइने छ । र, त्यहाँ सुपरजोन तोकिएको ठाउँमा उत्पादन लगाइने छ । कृषकको उत्पादन बढाइने छ । हाम्रो उद्देश्य भनेकै कृषि उत्पादनलाई कसरी हुन्छ बढाउने हो । अब, हामी बजारको व्यवस्थापनका लागि पनि सोच्दैछौं । कृषकले उत्पादन गरेको टमाटर बाटोमा फ्याल्नु नपरोस् । कृषि सहकारीसँग समन्वय गरेर हुन्छ कि नगरपालिकाले नै कुनै विकल्प खोजेर हुन्छ । कृषकको उत्पादनलाई बजारको अभाव हुन दिने छैनौं । दुध उत्पादन गर्ने बाटोमा फालिदिने यस्तो अवस्था आउँदैन । यस्तै, समस्याहरु समाधानमा लागेका छौं । परिवर्तन ल्याउनका लागि सोहि अनुसारको योजना तयार गर्दैछौं ।

९, अव्यवस्थित बसोवासको समस्या समाधानमा कसरी लाग्नु भएको छ ?

त्यो काममा तिब्र गतिका साथ लागेका छौं । त्यसको लागि १,२,३ र ६ को आवेदन फर्म लिने काम सकिएको छ । यसपछि अन्य वडाहरुको पनि आवेदन लिने छौं । अब, जग्गाको नापजोख गरेर अघि बढ्ने योजना छ । अहिले धान बाली लगाइएको छ । त्यसैले काम अहिलेलाई तत्काललाई रोकियो । दशैंपछि हामीले गरेको प्रतिबद्धता अनुरुप अव्यवस्थित बसोवासलाई समाधान गर्छौं । विवाद नभएको ठाउँमा धनीपुर्जा पाइहाल्नु हुन्छ । विवाद भएको ठाउँमा समस्या अनुसार समाधान गर्ने हो । यो काम सचेतनाका साथ गर्नुपर्ने भएकाले हामी ध्यान पूर्वक काम गर्दैर्छौ । म २ वर्ष भित्र यो काम सम्पन्न गर्छु । यति सम्झनुहोस्, मेरो कार्यकालमा म धनीपुर्जा वितरण गर्ने काम सक्छु ।

प्रकाशित मिति : आश्विन ६, २०७६ सोमबार  ११ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]