बैशाख २४, २०८१ सोमबार

अध्यक्ष ओलीले दमक र कमलका मतदातासँग भेटघाट गर्दै

बिर्तामोड । हिजो देखि झापामा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दमक वडा नं ३ र ४ का मतदातासँग कृष्ण मन्दिरमा भेटघाट तथा अन्तरक्रिया गर्दैहुनुहुन्छ । विहान साढे ८ बजे भेटघाटको कार्यक्र राखिएको पार्टीका दमक नगर अध्यक्ष गेहनाथ पोखरेलले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीले आजै कमल गाउँपालिकाको बाह्रघरेमा आयोजना हुने मतदाता तथा कार्यकर्ता भेलालाई दिउसो १२ बजे सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । आजै दिउसो २ बजे दमकको वडा नं ९ र १० को संगम चोकमा आयोजना हुने भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको पोखरेलले जानकारी दिनुभयो । यस्तै अपरान्ह ४ बजे दमक वडा नं १ र २ का स्थानीय बासिन्दाहरुसँग हिमालय माध्यमिक विद्यालयमा अध्यक्ष ओलीले भेटघाट र अन्तरक्रिया गर्नुहुनेछ ।

चुनावी अभियान अन्तरगत कार्यकर्तासँग भेटघाट तथा अन्तरक्रियाका लागि हिजो अध्यक्ष ओली झापा आउनुभएको हो ।
पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार कात्तिक १३ गतेका कार्यक्रम गौरादह र गौरीगञ्ज केन्द्रीत छन् । जस अनुसार विहान ११ बजे दामुना बजारमा आयोजना हुने भेला तथा अन्तरक्रियालाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । दिउसो १.३० बजे गौरादहको हाँसखोरामा आयोजना हुने भेलामा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । यस्तै २.३० बजे पुरानो ग्वाल्डुबा बजारमा आयोजना हुने कार्यक्रममा अध्यक्ष ओली सहभागी हुनुहुनेछ । ््यस्तै ३.३० बजे जुरोपानी चोक शिवालय सभाहलमा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ । अपरान्ह ४.३० बजे अध्यक्ष ओली गौरीगञ्जमा आयोजना हुने कार्यक्रममा सहभागी हुने दाहालले जानकारी दिनुभयो । कात्तिक १४ गते विहान ११ बजे कमल गाउँपालिकाको क्याम्पा बजारमा आयोजना हुने भेलालाई सम्बोधन गरेर अध्यक्ष ओली काठमाडौं फर्कने कार्यक्रम रहेको दाहालले जानकारी दिनुभयो ।

अध्यक्ष ओलीका निर्वाचन परिचालन कमिटीका संयोजक दाहालले प्रत्येक भेलामा अधिक मतदाता र कार्यकर्ताहरुलाई सहभागी गराउन प्रत्येक टोल कमिटीलाई निर्देशन दिइएको बताउनुभएको छ । भेलामा चुनावी तालमेल गरेको राप्रपाका कार्यकर्तालाई सहभागी गराउन भनिएको छ । भेलामा विकास निर्माण,शिक्षा,स्वास्थ्य तथा जनजीविकाका सवालहरुसँग सम्बन्धित सुझावहरु अध्यक्ष ओलीलाई दिन सकिनेछ ।

प्रकाशित मिति : कार्तिक १२, २०७९ शनिबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]