जेष्ठ ४, २०८१ शुक्रबार

झापामा छठको रौनक, सम्पूर्ण तयारी पुरा

झापा । झापामा छठ पुजाको सम्पूर्ण तयारी पुरा भएको छ । छठ समाज सेवा समिति बिर्तामोडले शनिवार पत्रकार सम्मेलन गर्दै विरिङ खोलामा पुजाको सबै तयारी पुरा भएको जनाएको छ ।

झापाको रतुवा, कनकाई, विरिङ, निन्दा र मेची भद्रपुरसहित अन्य साना नदीहरुमा छठ पुजा गर्ने गरिएको छ । भद्रपुर र विरिङमा जिल्लाकै ठुलो पुजा हुने गरेको छ ।

छठ समाज सेवा समिति बिर्तामोडका अध्यक्ष राजकुमार गुप्ताले विरिङमा दुर्गापुर पूर्व बिर्तामोडसम्मका भक्तालु पुजा गर्न आउने जानकारी दिए । उनले ४ सय बढी घाट विक्रि भइसकेको जानकारी दिएका छन् । विरिङमा सभ्य र भव्य पुजाको तयारी गरिएको गुप्ताको भनाई छ ।

आज बेलुकी अस्ताउँदो र भोली विहान उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाइनेछ । छठका बर्तालु रातभर नदी किनारमै बस्छन् । नदी किनार एवं तलाउमा सूर्यका भजन एवं भक्ति सङ्गीतले वातावरण रमाइलो बनाउँछ ।

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ८ : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]