जेष्ठ ४, २०८१ शुक्रबार

अध्यक्ष ओली आज गौरादह-गौरीगञ्जका पाँचवटा कार्यक्रममा सहभागी हुने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दक्षिणी क्षेत्रका पाँचवटा ठाउँमा मतदाता भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ ।

झापा क्षेत्र नं ५ निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र दाहालका अनुसार गौरादह ६ को दामुना बजारमा विहान ११ बजे अध्यक्ष ओलीले कार्यकर्ताका गुनासो सुन्ने र सम्बोधन गर्ने कार्यक्रम छ ।

यसैगरी १:३० बजे हाँसखोरामा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै पुरानो ग्वालडुब्बा बजारमा अपरान्ह २:३० बजे हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

दाहालका अनुसार ३:३० बजे जुरोपानीको शिवालय सभाहलमा हुने कार्यकर्ता भेलालाई पनि अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने कार्यक्रम छ । यस्तै अपरान्ह ४:३० बजे गौरीगञ्जमा आयोजना गरिएको कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]