बैशाख १४, २०८१ शुक्रबार

गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिनेछ : अध्यक्ष ओली

दमक । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीगञ्जलाई आधुनिक सहरका रुपमा विकास गरिने बताउनुभएको छ । झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओलीले आज झापाको गौरीगञ्जमा आयोजित जनता भेटघाट तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै स्मार्ट सिटीका रुपमा शहरीकरण हुँदै आएको गौरीगञ्जलाई थप व्यवस्थित शहरीकरणको योजना बनाएर यसको विकास गर्नुपर्ने बताउनुभयो ।

निर्माणाधीन हुलाकी सडकले छोएको गौरीगञ्ज झापाको दक्षिणी भेगको एक सुन्दर सहर बन्ने प्रशस्त सम्भावना भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले रतुवा पुल, लेराकको पुल मङ्सिर ४ गते चुनावपछि बन्ने बताउनुभयो । गौरीगञ्जको विकासका लागि बजेटको अभाव नहुने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

शिक्षाको गुणस्तर कायम राख्ने विद्यालयलाई आर्थिक स्रोतको अभाव नहुने र प्राविधिक शिक्षा थप्ने योजना एमालेको भएको बताउँदै उहाँले भन्नुभयो, “निर्माणाधीन हुलाकी सडकलाई छिटोभन्दा छिटो पूरा गराउन तथा यहाँ क्षेत्रका नागरिकताको सवालमा रहेका कतिपय समस्या समाधान गर्न पनि एमालेको सरकार बन्नुपर्छ ।”

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ९ : २९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]