बैशाख १५, २०८१ शनिबार

अनेरास्ववियुको अभियान : मेरो पहिलो भोट एमालेलाई

झापा –अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष एवं नेकपा एमालेकी केन्द्रीय सदस्य सुनिता बरालले अखिलले पहिलो भोट एमालेलाई अभियान सञ्चालन गरेको बताउनुभएको छ ।

झापाको दमकमा सञ्चारकर्मीसँग कुरा गर्दै बरालले अनेरास्वियू मार्फत देशैभरीका नयाँ मतदातालाई सूर्य चिन्हमा मतदात गर्न अभिप्रेरित गरिएको बताउनु भएको छ । यसका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीले युवालाई लक्षित गरेर ल्याएका कार्यक्रम,शैक्षिक प्रमाणपत्र धितो राखेर बैंकबाट ऋण पाइने व्यवस्था आदि जस्ता कार्यक्रमलाई प्रचार गरिएको बताउनुभएको छ ।

उहाँले केहि दल र उम्मेद्वारले मतदाताहरुलाई भ्रम र प्रलोभनमा पार्ने विगतमा पनि देखिएको भन्दै अब त्यसो हुन नदिने पनि बताउनुभयो ।

लोकतन्त्रमा नागरिकले भयरहित ढंगबाट मतदान गर्न पाउने नैसर्गीक अधिकार भएकाले निर्वाचनको गरिमा उच्च बनाउन अनेरास्ववियूले अगुवाई गर्ने समेत उहाँको भनाई छ । चुनावी प्रचार प्रसार देखि मतदान र मतगणना सकिए सम्मनै अखिलले नागरिक स्वतन्त्रताका लागि पहरेदारी गर्ने बरालले बताउनुभयो ।

गुणस्तरी र सुलभ शिक्षा, रोजगारी र आत्मनिर्भरता जस्ता विषय एमाले तथा अखिलको प्रमुख एजेण्डा रहँदै आएको बताउनु भएकी बरालले यि विषयहरु समेटेर केहि दिनमानै पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक हुने समेत बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक १३, २०७९ आईतबार  ९ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]