जेष्ठ ६, २०८१ आईतबार

अभिभावकको खुशी खोजौं

सम्पादकीय
पछिल्लो समय हरेक परिवारमा बढ्दै गइरहेको मुख्य समस्या हो, मानसिक चिन्ता । जसले धेरै परिवारको खुशी खोसेको छ । परिवार बीचको मेलमलाप र दुख सुख आदानप्रदान नहुँदा सम्बन्धहरु नजिक हुन सकेको छैन । विस्तारै टाढिएका सम्बन्धहरुलाई ख्याल नगर्दा आपसमा दुरी बढ्दै गइरहेका छन् । आधुनिक समाजमा परिवारबीच मेलमिलापको अवस्था आधा ठिक, आधा बेठिकको स्थिति छ । त्यसलाई सुधार गर्ने भन्दा पनि थप विग्रह गर्नाले धेरै परिवारमा ठुलो लडाई चलिरहेको पाइन्छ ।

अहिले नेपाली सिने क्षेत्रमा चलचित्र महापुरुषको चर्चा छ । गत शुक्रवारबाट हलमा चलिरहेको महापुरुषले पनि यस्तै–यस्तै सन्देश दिएको छ । अभिभावकको खुशीमा तगारो बन्ने सन्तान वा अन्य कोहि व्यक्तिका कारण परिवारमा समस्या बढ्दै गइरहेको छ । आफ्नो खुशीको चिन्ता गर्ने तर अभिभावकको चिन्ता नगर्ने थिति बढेर जानु वास्तवमै त्रुटिपूर्ण भइरहेको छ । हिजोका दिनमा अभिभावकको खुशी र सुखमा सन्तान प्रतिवद्ध हुन्थे । अहिले सन्तान आफ्नै खुशीमा मात्र चासो दिइरहेका हुन्छन् ।

हाम्रो समाजमा रहेको यथार्थ घटनालाई चलचित्र महापुरुषमा उतारिएको छ । अझ, अध्ययनका लागि देश बाहिर जाने सन्तानका कारण परिवारहरु आर्थिक बोझ बोकिहरेका हुन्छन् । सन्तानको खुशीमा अभिभावक सधैं प्रतिबद्ध भएको पाइन्छ । जस्तोसुकै सारा गाह्रा अप्ठ्यारोमा पनि अभिभावक सन्तानको खुशीमा उत्साहित हुन्छन् । तर, सन्तानले अभिभावकमा परेको पीडाबारे कुनै चासो चिन्ता दिइरहेका हुदैनन् । यसैले अबका दिनमा यस प्रकारको समस्या भएको परिवारमा सुधारको खाँचो छ । बुबाआमाको खुशीमा तगारो बन्ने प्रयास नगरौं । आफ्नो परिवारको खुशीका लागि प्रतिबद्ध बनौं । सञ्चोविसन्चो र आवश्यकता बारेमा मुख्य चासो दिऊ ।

प्रकाशित मिति : कार्तिक १४, २०७९ सोमबार  ११ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]