बैशाख १५, २०८१ शनिबार

गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा हो : अध्यक्ष ओली

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार नालायक, भ्रष्ट, खन्चुवा र लुटेरा भएको आरोप लगाउनु भएको छ । आज झापामा आयोजित एमालेको मतदातासँग भेटमा अध्यक्ष ओलीले गठबन्धन सरकारले देशको ढुकढुकी लुटेको आरोप लगाउनु भएको हो ।

अहिलेको सरकारदेखि विश्व लज्जित भएको भन्दै उहाँले गठबन्धनलाई कुनै लाज नभएको बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘संसद्ले नभएर सेटिङमा भनेको सरकार, असंवैधानिक सरकार, परमादेशबाट बनेको नालायक, भ्रष्ट, खन्चुवा, लुटेरा सरकार बनेको छ । केही व्यक्ति बोलाएर अर्थमन्त्रीले करका दर हेरफेर गर्छ । योभन्दा ठुलो देशको ढुकुटी लुट अरू के हुन्छ । यो सरकार देखेर विश्व लज्जित छ, तर गठबन्धनलाई कुनै लाज छैन ।’

उहाँले आफू नेतृत्वको एमाले सरकारले धेरै विकासका काम गरेको बताउनु भयो । आफू नेतृत्वको सरकारले गरेका ठुला विकासका काम देखेर एमालेको सरकार ढालेको पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीले धेरै काम गरौँ । पाइपलाइनबाट पेट्रोल ल्यायौँ । अब भारतले नाका बन्द गरेपनि पेट्रोल आउँछ । हामीले तीन वर्षमा मेलम्चीको पानी काठमाडौं ल्यायौँ । तेस्रो अरुण जलविद्युतको सुरुवात गरौँ । तामाकोसीबाट विद्युत् उत्पादन गरेर लोडसेडिङको अन्त्य गरौँ । मैले विकास गर्न थालेपछि मेरो नेतृत्वको सरकार ढाल्यो ।’

प्रकाशित मिति : कार्तिक १४, २०७९ सोमबार  १२ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]