बैशाख ३१, २०८१ सोमबार

बथानबाट एक्लिएको छावाको बाहुनडाँगीबाट उद्धार

झापा । बथानबाट एक्लिएको हात्तीको एउटा छावालाई सोमवार मेचीनगरबाट उद्धार गरिएको छ । भारतबाट आइतबार नेपाल पसेको करिब आठ महिनाको सो छावा मेचीनगरको वडा नं ४, ६ र ७ का विभिन्न स्थानमा डुल्ने गरेको थियो ।

वन कर्मचारी र स्थानीय बासिन्दाले सो छावालाई मेचीनगर–७ गोमनसरीबाट नियन्त्रणमा लिएर मेचीनगर–४ स्थित दशगजामा भारतीय वन कार्यालयका कर्मचारीलाई बुझाएका छन् । उद्धारको पहलकर्ता मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीका अनुसार धानबारीमा डुलिरहेको अवस्थामा आज दिउँसो १ बजे छावालाई उद्धार टोलीले नियन्त्रणमा लिएको थियो भने अपराह्न ४ बजेतिर भारतीय वन कार्यालयका कर्मचारीलाई जिम्मा लगाइएको थियो ।

नियन्त्रणमा लिइएको हात्तीको छावालाई मिनी ट्रकमा हालेर दशगजासम्म पु¥याइएको थियो । बथानबाट अलग्गिएको छावा विगत १२ दिनदेखि उसको बथानमा मिसाउन भारतीय वन कर्मचारीले प्रयास गरिरहेका बेला भागेर नेपाल पसेको वडाध्यक्ष कार्कीले भारतीय वन अधिकारीलाई उद्धृत गर्दै बताउनुभयो ।

आइतबार बाहुनडाँगीमा देखापरेको सो छावालाई उद्धारका लागि कोसी टप्पु वन्यजन्तु आरक्ष र डिभिजन बन कार्यालय झापाको टोलीसमेत परिचालन भएको थियो । उद्धार कार्यका स्थानीय नुतन कार्की लगायतको टोली खटिएको थियो । जथाभावी गाउँ र बालीमा पस्ने गरेका कारण छावालाई मानिसले कुटेर मार्ने सम्भावना बढेपछि सुरक्षाका लागि उद्धार गरेर भारतीय वन कर्मचारीहरुलाई बुझाइएको कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]