जेष्ठ ६, २०८१ आईतबार

मौन मतदाता

सम्पादकीय
निर्वाचनमा मतदान गर्न अब १९ दिन बाँकी छ । मनोनयन दर्तापछि उम्मेदवारहरु अहिले दल केन्द्रीत भेटघाट र अन्तरक्रियामा व्यस्त छन् । मंसिर ४ नजिक आउँदा पनि मतदातामा ठुलो उत्साह छैन । उम्मेदवारहरु नियमित कार्यक्रम गरिरहेका छन् । तर, त्यस अनुसारको मतदातामा उत्साह छैन । निर्वाचन प्रचार प्रसार, भेला, आमसभा नभएर पनि हुन सक्छ । अहिलेसम्मको माहोल भनेको मौन छ । मतदाता नै मौन भएपछि निर्वाचनको मज्जा महसुस भइरहेको छैन । मतदातामा नै पहिलो उत्साह हुनुपर्छ ।

यसअघि निर्वाचित भएका प्रतिनिधिहरुको काम, क्रियाकलाप र विकास देखेर आम नागरिकमा ठुलो उत्साह नभएको हुन सक्छ । सबै राजनीतिक दलहरु पर्याप्त विकास गरेको बताइरहेका छन् । तर, राजनीतिक अस्थिरता र दलहरुबीचको झैझगडाले आम नागरिकमा निराशा पनि उत्तिकै छ । नागरिकको निराशालाई उत्साहमा बदल्ने काम पनि उम्मेदवारहरुकै हातमा छ । यदि निर्वाचित जनप्रतिनिधिहरुले नागरिकको चहानामा सम्बोधन गर्न सकेनन् भने फेरि नागरिक निराश नै हुनेछन् ।

तत्कालिन नेकपा एमाले नेतृत्वको सरकारले पर्याप्त काम गर्न सफल भएको थियो । त्यसलाई कसैले लुकाएर लुक्दैन । यदि कसैले लुकाउछ वा गलत प्रचार गर्छ भने त्यसमा नियत भएको बुझे हुन्छ । एमाले सरकारले गरेका कामका बारेमा पुस्तक नै सार्वजनिक भएको छ । यहाँ सबै समेटेर सकिदैन । त्यसको लागि झापाको विकासलाई हेर्दा मात्रै पनि पर्याप्त हुन्छ । यसैले काम नभएको पनि भन्न सकिन्न । त्यै पनि दलहरुबचिको खिचातानीले मतदाताको मन तान्न सकेको छैन । अब, प्रचार अभियान व्यापाक भए पछि मतदातामा उत्साह प्रकट हुने विश्वास छ । मतदाताको मौनता तोड्न सकिएन भने त्यसको क्षति दलहरुले भोग्नुपर्नेछ । दलहरुले बेलैमा विचार पुर्याउन जरुरी देखिन्छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार  ८ : १८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]