बैशाख ६, २०८१ बिहीबार

जो गाउँलेसँग फोहोर लिदैं, मोहोर दिदैंछन्

बिर्तामोड । झापाको कनकाई नगरपालिका–९ का ४१ वर्षीय प्रकाश राई १२ वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका राई अहिले गाउँघरको फोहोरलाई मोहोरमा बदल्ने काम गर्दैछन् । एक दशक लामो परदेश बसेर फर्किएका उनी गाउँमा फोहोरलाई मोहोर बनाउने अभियानमा सक्रिय छन् ।

दुई वर्षदेखि आफ्नै गाउँमा उनले पुराना, विग्रिएका र पुनःप्रयोग गर्न नमिल्ने सामग्री खरिद गर्दै आएका छन् । जुन सामानले घरमा फोहोर मात्रै गर्दै आएको थियो । लकडीगद्दी चोकैमा उनको घर छ । घर बाहिरको एउटा सटर छ । जहाँ बोर्डमा लेखिएको छ ‘ तपाईको घरको फोहोरबाट मोहोर लानुहोस् ।’ उनले गाउँघरमा थोत्रा, पुराना सामान ल्याउनेलाई उचित मुल्य दिने गरेको सुनाए । पुराना सामान बोकेर आउने गाउँलेहरु फर्किदा त्यहि सामान बेचेको पैसाले सागसब्जी गर्न सक्नुहुन्छ । कसैले पनि घरका फोहार फाल्नु परेको छैन, राईले भने ।

कागज, किताव, टिन, फलाम, तामा, बोतल देखि अन्य सामान खरिद गर्दै आएका राईले भने – गाउँमा डुलिआउने व्यक्तिले भन्दा दोब्बर मुल्य यहाँ सामान लिएर आउनेलाई दिने गरेको छु । कवाडीवालाले घरघरमा जाँदा फलाम प्रति केजी २० रुपैयाँ दिनेका छन् । म यहाँ प्रतिकेजी ५० रुपैयाँ दिन्छु । घरमा पुनःप्रयोग नहुने कुनै पनि पुराना सामान लिएर आए खरिद गरिदिने उनको भनाई छ ।

घरमै एउटा सटरमा उनले त्यसको व्यापार गरिरहेका छन् । उनका अनुसार मासिक ७० देखि ८० हजार रुपैयाँ गाउँलेले सामान बेचेर लैजानु हुन्छ । यहाँ पसल नहुँदा त्यै सामान खेह्र गइरहेको हुन्थ्यो ।

पुराना, थोत्रा सामानको व्यवसाय गर्न कवाडीवाला नै हुनुपर्ने मान्यता गलत भएको उनको तर्क छ । यो काममा लुङ्गी लगाएर साइकल मै डुल्नुपर्छ भन्ने छैन, उनी थप्छन् – स्वरोजगार गर्न लाज मान्न हुदैन । मैले लजाएको भए यहाँ व्यवसाय गर्न सक्ने थिइन ।

श्री शक्ति वेष्ट म्यानेज एण्ड सप्लायर्स सञ्चालन गरिरहेका राईले गाउँका युवाहरुलाई यो काममा लाग्न आग्रह गर्दा लजाउने गरेको सुनाए । धेरै वेरोजगार साथीहरुलाई त्यस्ता सामान संकलन गर्न जाऊ भन्दा मान्दैनन्, यसमा राम्रो आम्दानी छ । तर, साथीहरु वैदेशिक रोजगार मात्रै ताकिरहेको पाउँछु ।

घरमा तामा त्यतिकै फालिएको हुन्छ, राईले भने – तामा प्रति केजी १ हजार, किताव–कापी प्रति केजी २५ र फलाम ५० रुपैयाले खरिद गर्ने गरेको छु । पुराना टायर, ट्यूव समेत विक्री हुन्छ, अरु के कुरा गर्नु ।

उक्त व्यवसाय सञ्चालन गर्न थालेपछि गाउँलेहरु विक्री हुने सामान लिएर पसल नै आउने गरेका छन् । राईका अनुसार नजिक फ्याक्ट्री नभएकाले निर्यातमा समस्या हुने गरेको छ । अहिले बिर्तामोडमा विक्री गर्दै आएको उनको भनाई छ ।

प्रकाशित मिति : कार्तिक १५, २०७९ मंगलबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]