बैशाख ३१, २०८१ सोमबार

झापा – ३ महिला उम्मेदवार विहीन

बिर्तामोड । झापाको क्षेत्र नं. ३ महिला उम्मेदवार विहीन भएको छ । निर्वाचन आयोगका अनुसार देशभर ६२ वटा निर्वाचन क्षेत्रमा महिला उम्मेदवार छैनन् । त्यसमध्ये झापा ३ पनि परेको छ ।

झापाको ३ नं. क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि १८ जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगको विवरण अनुसार १८ जना उम्मेदवार पुरुष मात्रै छन् ।

झापा क्षेत्र नं. ३ मा नेपाली काँग्रेसबाट कृष्ण प्रसाद सिटौला, जनता समाजवादी पार्टी नेपालबाट वीर बहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजेन्द्र प्रसाद लिङ्देन, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण गोपाल छुस्यावाग, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट देवेन्द्र किशोर ढुंगाना, जनमत पार्टी भोट लाल राजवंशी, मौलिक जरोकिलो पार्टीबाट चूडामणि अधिकारी, हाम्रो नेपाली पार्टीबाट योगेन्द्र प्रसाद खनाल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट देवी रमण भट्टराई, मंगोल नेशनल अर्गनाइजेसनबाट श्याम बहादुर लिम्वु, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट डम्बर बहादुर लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीबाट गजेन्द्र लिम्बु, नेपाली कांग्रेस (बी.पी.) बाट भक्ती प्रसाद पनेरु, सचेत नेपाली पार्टी (एकल चुनाव चिन्ह) बाट ओम प्रकाश खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रकाश पाठक, स्वतन्त्र प्रेम प्रसाद खनाल, डम्बर बहादुर गिरी, स्वतन्त्र मनोरथ राजवंशीले उम्मेदवारी दिएका छन् ।

यस्तै, प्रदेशसभा सदस्य तर्फ १९ जना उम्मेदवार छन् । निर्वाचन आयोगको विवरण अनुसार प्रदेश सभामा समेत महिला उम्मेदवारको संख्या शून्य छ ।

प्रदेश सभा तर्फ ३ (१) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट बसन्त कुमार बानिया, नेपाली काँग्रेसका भुमी प्रसाद राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्बर बहादुर लिम्बु, जनमत पार्टीबाट देव कुमार चौधरी, मंगोल नेशनल अर्गनाइजेसनबाट मदनहाङ्ग तावा, नेपाली कांग्रेस (बी.पी.) अनुप राय, स्वतन्त्र हेमलाल भट्टराई र जमालुदिन मिया उम्मेदवार बनेका छन् ।

प्रदेशसभा ३(२) मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट छबिलाल चुडाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)(एकल चुनाव चिन्ह)बाट पूर्ण प्रसाद राजबंशी, जनता समाजवादी पार्टी, नेपालबाट धु्रव कुमार श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थिर बहादुर खवास, जनमत पार्टीबाट प्रदिप कुमार राजवंशी, हाम्रो नेपाली पार्टीबाट मानप्रकाश संग्रौला, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट बैजनाथ गणेश, नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी लेनिनवादी) बाट नवराज खरेल, मंगोल नेशनल अर्गनाइजेसनबाटयाम कुमार श्रेष्ठ, राष्ट्रिय जनमुक्ति पार्टीबाट सेकेन्द्र राजवँशी र स्वतन्त्र रुपमा त्रिलोचन मैनाली उम्मेदवार छन् ।

प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]