बैशाख २७, २०८२ शनिबार

बेलबारी गोल्डकप : सीवेस्ट बङ्गाललाई हराउँदै सिरहा विजयी

बेलबारी । पाँचौँ बेलबारी बुद्धएयर अन्तर्राष्ट्रिय आमन्त्रण फुटबलको दोस्रो प्रि–क्वार्टरफाइनल खेलमा एमएमएफ सीवेस्ट बङ्गाल भारतलाई १–३ गोलले हराउँदै सहलेस युथ क्लब सिरहा क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मोरङको बेलबारी–११ स्थित लक्ष्मी माविको खेल मैदानमा आज भएको प्रतियोगितामा भारत पहिलो खेलबाटै बाहिरिएको हो । सिराहासँगको प्रतिस्पर्धामा गोलको तालमेल मिलाउन नसक्नु भारतका लागि दुर्भाग्यपूर्ण बन्यो ।

बिहीबार हुने क्वार्टरफाइनल खेल झापाको रोलिङ क्लब धुलाबारी तथा आयोजक डाँगीहाट युथ क्लबबीच हुने प्रतियोगिता संयोजक विक्रम वान्तवा राईले जानकारी दिनुभयो । यही कात्तिक २५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका सात र विदेशका तीन गरी १० वटा टिमको सहभागिता रहेको छ ।

प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार  ९ : १७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]