बैशाख ३१, २०८१ सोमबार

एमालेले मात्रै लालपुर्जा दिनसक्छ : देवराज घिमिरे

बिर्तामोड । नेकपा एमालेको तर्फबाट झापा–२ मा उम्मेदवार बनेका देवराज घिमिरेले एमाले नेतृत्वको सरकार नबनेसम्म भूमि सम्बन्धी समस्या समाधान नहुने बताएका छन् । उनले एमालेले मात्रै लालपुर्जा दिनसक्ने बताए ।

चुनावी अभियानका क्रममा कार्यकर्ता भेटघाट गर्दै नागरिकको सूझाव संकलनमा सक्रिय उम्मेदवार घिमिरेले भूमिहीनको समस्या एमालेले मात्रै बुझेको बताए । उनले एमालेको सरकार हुँदै लालपुर्जा वितरणको काम अघि बढेको स्मरण गराउदै गठबन्धनको सरकारले त्यसलाई अघि बढ्न नदिएको बताएका छन् ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार घिमिरेले अव्यवस्थित बसोबासोमा देखिएका समस्या, गरिवी उन्मुलन तथा भूमि सम्बन्धी समस्याको समाधानमा आफ्नो पार्टी सदैब लाग्ने प्रतिवद्ध भएको स्पष्ट बनाएका छन् । चुनावी अभियानमा गाउँगाउँ पुगिरहेका घिमिरेले जनताको हितमा एमाले बाहेक अन्य दल नरहेको दावी गरेका छन् ।

केपी ओली नेतृत्वको सरकारले अव्यवस्थित बसोबास, भूमिहीन दलित र सुकुम्बासीलाई लालपुर्जा वितरणको काम अन्तिम चरण पुराएको बेला सरकार नै परिवर्तन गरिएको जानकारी दिदैं आएका छन् । उम्मेद्वार घिमिरेले भने, सबैतिर नापजाँच देखि अन्य प्रक्रियाको काम मेलैसँग भइरहेको थियो । एमालेले लालपुर्जा बाड्न लागेको बुझेपछि ओली सरकारलाई परमादेशको माध्यमबाट हटाएको बताए ।

झापा –२ मा रहेको भूमि समस्याको समाधान मंसिर ४ पछिको एमाले सरकारले गर्ने कुरामा विश्वास गर्न आग्रह समेत गरेका छन् । उनले कोहि पनि नागरिक भूमिहीन बन्नु नपर्ने बताए ।

अर्को एक प्रशंगमा घिमिरेले भने, ‘झापामा –२ का एमालेको प्रतिष्पर्धी कोहि छैन । एमालेको प्रतिष्पर्धी हुन डराएर नयाँ मान्छे उभ्याइएको छ । यो क्षेत्रमा गठबन्धनमा समेत एकमत नभएकोले जीतको निश्चितता उच्च विन्दुमा पुगेको छ ।’ तपाईहरु कोेहि अल्मलिनु पर्दैन उनले थपे – कोहिकोही उम्मेदवारहरु स्वन्त्रको नाममा जनता झुक्याउने काम गरिरहेका छन्, यो कुरा मैलै भन्नै पर्दैन, तपाइहरुले राम्रोसँग बुझ्नु भएको छ ।

झापा जिल्लाको समग्र विकासमा लामो समयदेखि क्रियाशिल रहेका घिमिरेले अहिलेसम्मको जनताको माया नै आफ्नो जीतको सुनिश्चितता भएको बताएका छन् ।

प्रकाशित मिति : कार्तिक १६, २०७९ बुधबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]