जेष्ठ ६, २०८१ आईतबार

घोषणापत्र घोषणामै सिमित नहोस्

सम्पादकीय

नेकपा एमालेले मंगलवार नयाँ प्रयोग गर्दै घोषणापत्र सार्वजनिक गरेको छ । डिजिटल प्रविधिको उच्चतम प्रयोग गर्दै घोषणापत्र सार्वजनिक गरेको एमालेले तुरुन्तै सवाल जवाफ गर्न सफल भयो । एमालेको घोषणापत्र र कार्यक्रमहरुको सर्वत्र चर्चा भइरहेको छ । यसअघि गठबन्धनभित्र रहेका दलहरुले पनि बेग्लाबेग्लै घोषणापत्र सार्वजनिक गरेका छन् । राजनीतिक दलहरुले मत माग्दै सार्वजनिक गरेका घोषणापत्र घोषणा मै सिमित बन्न हुदैन । यसको कार्यान्वयन हुनुपर्छ । निर्वाचन मत परिणाम जेजस्तो आए पनि सबै दलका घोषणापत्र कार्यान्वयन भए भने मुलुक पाँच वर्षमा समृद्ध हुनेमा कुनै शंका छैन ।

मतदातालाई प्रभावित पार्न दलहरुले आकर्षक घोषणा पत्र ल्याउने गर्छन् । घोषणापत्र र त्यस दलले यसअघि गरिरहेका कामहरुलाई मुल्याङ्कन गरेर विश्वास गर्ने हो । एमालेले रेल र पानी जहाजको बारेमा घोषणा पत्रमा ल्यायो । त्यसलाई उडाउने काम भइरहेको छ । एमालेले आफ्नै नेतृत्वमा सरकार भएको बेला जनकपुरमा रेल ल्यायो । त्यसलैले घोषणापत्रको विश्वास यसअघिको काम आधार बन्न सक्छ । दलीय घोषणा पत्र राम्रोसँग अध्ययन गर्ने हो भने सबैका राम्रा छन् । तर, राम्रा–राम्रा योजना अघि सार्ने दलहरुभित्र कुपात्रको प्रभावले जनताको लागि ल्याइएका घोषणापत्र घोषणा मै सिमित हुने गर्छन् ।

शिक्षा, स्वास्थ्य, रोजगारको सवालमा सबै दलका योजना राम्रा छन् । विकासे योजना उत्तिकै राम्रो छ । अध्ययन गर्दा सामान्य लाग्न सक्छ, महिनावारी हुने महिलाका लागि प्याड खरिदका लागि एमालेले बार्षिक १५ सय उपलब्ध गराउने कार्यक्रममा घोषणा गरेको छ । त्यो १५ सय महिनावारी हुँदा प्याड खरिद गर्न नसक्नेहरुका लागि ठुलो कुरा हो । तर, दलीय आँखाबाट हेरेर विरोध गर्ने गरिन्छ । महिनावारी हुँदा फोहोरी टाला प्रयोग गर्दा यौनजन्य रोगको संक्रमणमा पर्नेहरुका लागि १५ सय असामान्य बन्न सक्छ । जनतालाई ठुला सपना भन्दा पनि यस्ता साना कुराले छुन्छ । यसैले सबै दलले ल्याएको घोषणापत्रलाई शुरुआतबाटै कार्यान्वयन गरौं । विकास समृद्धिका लागि आम नागरिकको तहबाट सकारात्मक सहयोग गरौं ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]