जेष्ठ २७, २०८२ सोमबार

भद्रपुर, हल्दिवारी, बाह्रदर्शी र कचनकवलमा सार्वजनिक बिदा

बिर्तामोड । झापाका चार पालिकाले भोली शुक्रवार स्थानीय सार्वजनिक बिदा दिएका छन् । आदिवासी राजवंशी तथा अन्य बहुसंख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका, बाह्रदशी गाउँपालिका र कचनकवल गाउँपालिकाले शुक्रबार स्थानीय सार्वजनिक बिदा दिएको हो ।

चार वटै पालिकाले बिहीबार सूचना प्रकाशन गरी बिदाको बारेमा जानकारी गराएको हो । बिदामा नगरपालिका र नगरपालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख छ ।

हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठुलो एवं महत्त्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ। आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । यसै कारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  ६ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]