जेष्ठ २७, २०८२ सोमबार

भट्टराई परिवारद्वारा हरिहर सेवा संघलाई एक करोड बराबरको सहयोग

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका–९ मा रहेको हरिहर सेवा सङ्घलाई रु एक करोड बराबरको सहयोग प्रदान गरिएको छ ।

बिर्तामोड–५ निवासी श्रीमाया भट्टराईको परिवारबाट हरिभक्त सेवा सङ्घ झापा शाखालाई दुई कठ्ठा जमिनसहित मन्दिर स्थापना गर्दै सहयोग प्रदान गरिएको हो । भट्टराईका पति देवीप्रसाद भट्टराईको दोस्रो वार्षिक पुण्यतिथिका अवसरमा उहाँकी पत्नी श्रीमाया, छोरा–बुहारी निर्मल र सुमित्रा भट्टराईले रु एक करोड बराबरको दुई कठ्ठा एक धुर जमिन र सभाहलसहितको मन्दिर आज हस्तान्तरण गर्नुभयो ।

शाखाकी अध्यक्ष शान्ता विष्टको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङ, वडाध्यक्ष भीष्म मिश्र र धार्मिक समितिका अध्यक्ष लक्ष्मीप्रसाद बस्नेतलाई उक्त जमिनको जग्गाधनी प्रमाणपुर्जा हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : कार्तिक १७, २०७९ बिहीबार  ७ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]