जेष्ठ ३, २०८१ बिहीबार

चुनावी अभियान सभालाई सम्बोधन गर्न अध्यक्ष ओली ४० जिल्ला पुग्नुहुने

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न ४० जिल्ला जानुहुने भएको छ । एमालेका अनुसार चुनावी सभा सम्बोधन गर्न अध्यक्ष ओली ४० जिल्ला पुग्ने कार्यतालिका रहेको छ ।

एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको सचिवालयले १८ देखि २६ कात्तिकसम्म पूर्वको पाँचथरदेखि सुदूरपश्चिमको दार्चुलासहित ४० जिल्लाका ४० वटै सभामा ओली सहभागी हुने गरी चुनावी सभाका कार्यक्रम तय गरेको हो ।
एमालेको चुनावी आमसभा आजबाटदेखि सुदूरपश्चिम प्रदेशको दार्चुलाबाट सुरु हुँदै छ । त्यसका लागि एमाले अध्यक्ष ओली आज हेलिकोप्टरमार्फत दार्चुला जाँदै हुनुहुन्छ । त्यसपछि एमालेले आजै बैतडी र कञ्चनपुरमा पनि आमसभा गर्दैछ ।

प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार  १० : १४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]