जेष्ठ २, २०८१ बुधबार

पार्टी चहार्दै हिड्ने उम्मेदवार मेरो प्रतिष्पर्धी हुन सक्दैन : देवराज घिमिरे

बिर्तामोड । मंसिर ४ गतेको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा आफ्नो प्रतिस्पर्धी कोहि पनि नभएको नेकपा एमालेका झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले बताएका छन् । सञ्चाकर्मीलाई प्रतिकृया दिँदै घिमिरेले पदको लोभमा अरु पार्टी चहार्दै हिड्ने व्यक्ति आफ्नो प्रतिस्पर्धी हुन नसक्ने तर्क गरे ।

देशभर एमालेलाई घेराबन्दीमा पारेर चुनावमा जित्न नदिने कसरतमा गठबन्धन लागेको अवस्थामा मुख्य प्रतिस्पर्धी त्यही गठबन्धनका उम्मेदवार हुनुपर्ने भए पनि झापा २ को अवस्था त्यो नभएको उनको भनाई छ । उनले भने, ‘अहिले देशभर कै मतदाता गठबन्धनको पक्षमा छैनन् । अझै झापा २ को अवस्था हेर्ने हो भने त उनी आपूmभित्र उम्मेदवार नभेटेर अर्को पार्टीको मान्छेलाई फकाएर ल्याएको उम्मेदवारको पक्षमा कार्यकर्ता नै लाग्ने स्थिति छैन ।’

झापा क्षेत्र नं. २ मा गठबन्धनको तर्फबाट हरिकुमार राना प्रतिनिधिसभाको निर्वाचनमा घिमिरेको प्रतिस्पर्धीको रुपमा उम्मेदवार बनेका छन् । लामो समय एमालेको नेता तथा कार्यकर्ताको रुपमा काम गरेका राना अहिले पदको लोभमा गठबन्धनको उम्मेदवार बनेका छन् । गठबन्धनभित्रै पनि कांग्रेसले रानालाई मत नदिने अड्कलबाजी चलिरहेका बेला माओबादी चुनाव चिन्हबाट चुनाब लडेका रानालाई माओबादी कार्यकर्ताकै पनि मत नआउने अड्कल गर्न थालिएको छ ।

चुनावी कार्यक्रमहरुमा सम्बोधन गर्ने क्रममा रानाले आपूm माओबादीको नभइ स्वतन्त्र उम्मेदवार रहेको र चुनाव चिन्ह मात्र त्यो पार्टीको प्रयोग गरेको प्रतिकृया दिइरहेका छन् । जसले गर्दा माओबादीका नेता कार्यकर्तालाई समेत रानामाथि विश्वास लागेको छैन । जसले गर्दा पनि आफ्नो जीत सुनिश्चित रहेको घिमिरेले बताछन् ।

उनले नेकपा एमाले प्रति जनतालाई बिश्वास रहेको समेत बताएका छन् । उनले आफ्नो क्षेत्रमा स्वतन्त्र उम्मेदवारको पनि कुनै प्रभाव नभएको तर्क गरे ।

प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]