जेष्ठ २, २०८१ बुधबार

गठबन्धनले बिर्तामोडको दर्जनौं सडक निर्माण रोक्यो : कार्की

बिर्तामोड । प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले विकास योजना मै कैंची हान्ने गठबन्धनका उम्मेदवारलाई आसन्न निर्वाचनबाट विदा गर्नुपर्ने बताएका छन् । उनले चुनाव प्रचार प्रसारका क्रममा मतदातालाई विकास गर्ने पार्टी एमाले मात्र भएको बताए ।

शुक्रवार बिर्तामोड नगरपालिका वडा नं. १ को क्षेत्रमा घरदैलो गर्दै पुगेका कार्कीले एमाले सरकारले अघि सारेको सडक निर्माण योजना गठबन्धन सरकार आएपछि कटौती गरेको अवगत गराएका छन् ।

झापा क्षेत्र नं. २(१) का उम्मेदवार कार्कीले देशभरका १४ सय सडक निर्माण योजना कटौती गरेको बताउँदै विकास विरोधी गठबन्धनका उम्मेदवारलाई पराजित गर्नुपर्ने बताए । उनले गठबन्धन सरकार आएपछि बिर्तामोडभित्र दर्जनौं सडक निर्माणको योजना कटौती भएको जानकारी दिए ।

घरदैलोका क्रममा टोलटोलसम्म पुगेका कार्कीले कांग्रेस नेतृत्वको गठबन्धन आए विकास नै अवरुद्ध हुने स्पष्ट बनाएका छन् । उनले भने – विकासका लागि एमालेलाई सूर्यमा मतदान गर्नैपर्छ । मत माग्दै मतदातासम्म पुगिरहेका कार्कीले जनताको गुनासो सुन्दै समस्या समाधानमा लाग्ने प्रतिवद्धता गरेका छन् ।

प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]