बैशाख ६, २०८१ बिहीबार

अग्नि र एमाले तयार छ, बहस गरौं

– मोहनकाजीको फेसवुकबाट

झापा १ मा नेकपा एमालेकाे बढ्दाे लाेकप्रियताबाट निराश मनाेदशामा पुगेकाहरूले आम जनसमुदायमा प्रभावशाली उम्मेदवार अग्नि खरेलका विरूद्ध भ्रमकाे खेतीपाती गर्ने क्रम राेकिएकाे छैन ।

१. सुरूमा पाहुना भएको र पछि सिभिल सहकारीकाे सल्लाहकार रहेको फण्डा गरे । दुबै फण्डा पानीको फाेका जस्तो फासफुस भयो । किनकि ती सत्य थिएनन्, झुठो भएकाले धेरै टिकेनन् ।

२. आज अर्को हाँसउठ्दाे फण्डा सुरू गरेछन्, अग्नि कमरेडका जेठो छाेरा अमेरिकामा छन् भनेर । अहिलेकाे ग्लोबलाइजेसनकाे जमानामा हजारौं नेपालीका छाेराछाेरीहरू अमेरिका, अस्ट्रेलिया, क्यानडा, चाइना , जर्मनी लगायतका देशमा छन् । कुन अनाैठाे भयो र ?

३. चन्द्रमामा पानी भेटिएको पत्ता लगाएका बैज्ञानिक लुजेन्द्र ओझा नेपाली हुन् । अनेकौं नेपालीले विदेशी भूमिमा आफ्नो क्षमता प्रदर्शन गर्दा यसमा गाैरवबाेध नै हुन्छ । विदेशी सेनामा लाखौंको सङ्ख्यामा नेपालीले जागिर खाएका छन् । खाडी मुलुकमा लाखौं सेक्युरिटी गार्ड छन् । अग्निका छाेरा निशानले अमेरिकी सेनामा जागिर खाइरहेका रहेछन् । याे कुन अपराध भयो र ?

४. अग्निकाे विद्वता, कुशलता, इमान, प्रतिबद्धता, अनुभव आदिका विषयमा बहस गराैं, अग्नि र एमाले तयार छ । तर, बालिग भइसकेका छाेराकाे निजी विषयमा भ्रम छर्ने प्रयत्नले एमाले र अग्निलाई केही फरक पर्दैन । प्रायाेजकहरूका लागि ब्याकफायर हुने निश्चित छ । अनेकौं फण्डा कथुरेर अग्नि कमरेडकाे निःशुल्क विज्ञापन गरिदिने स्वघाेषित निष्पक्ष र स्वतन्त्र माध्यमहरूप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौं ।

प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार  ९ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]