बैशाख १४, २०८१ शुक्रबार

हिमाल जस्तै उच्च छबिका अग्नि

प्रिय नेता अग्नी खरेल
क्षेत्र नम्बर १ मा तपाईको नाम प्रतिनिधि सभाको उम्मेद्वार भनेर सुन्दा सुरुमा साह्रै खल्लो महसूस भएको थियो । किनभने तपाईजस्तो राष्ट्रिय छवि बनाइसकेको व्यक्तिले हाम्रो क्षेत्रमा आउनुहुन्छ भनेर हामीले कल्पना पनि गरेका थिएनौं र सबैको मनमनमा बसेका नेता रविन कोइराला नै उपयुक्त पात्र हो प्रतिनिधिसभा सदस्यको लागि भन्ने थियो । तर जब हाम्रो गौरवशाली पार्टीले तपाईको नाम प्रतिनिधिसभा र रविन दाईको नाम प्रदेशसभाका लागि घोषणा गर्यो हामी सबैको ध्यान तपाईतिर केन्द्रित थियो । अब अग्नी कमरेडले के गर्नुहुन्छ भनेर ?


तर पार्टीको निर्णयलाई तपाईले सहजै स्वीकार गरेर यो क्षेत्रको विकास र समृद्धि अबको आवश्यकता भनेर आउनुभयो र जनताको घर घरसँगै मनमनमा पनि अटल भएर बस्न थाल्नुभयो । अब हामी क्षेत्र नम्बर १ का जनताले साच्चै भूर्इंमान्छेका नेता पायौं भन्ने महसूस गर्न थालेका छौं । यो क्षेत्रमा सुकुम्वासीको समस्या, हात्ती, सडक, पुलपुलेसा, शिक्षा स्वास्थ्यलगायतमा समस्याका चाङ छन् । दिनभरि मजदूरी गर्दा दुई छाक खान सक्ने परिस्थित अझै धेरैको छैन । जनान्दोलनमा घाइते बनेका गोपाल श्रेष्ठको खुट्टाको घाउ अझै निको भएको छैन । उपचार गर्ने पैसा अभावमा गोपाल घाउ भएकै खुट्टाले सिटीसफारी चलाइएर जीविकापार्जन समेत गर्दैैछन् ।

लोकतन्त्र स्थापनाका लागि १७ बर्ष जेल जीवन विताएका सानो दुर्गा अधिकारीको पुल मुनीको बास छ । हो यस्ता समस्या धेरै छन् तपाईले सायद बुझ्नु भएको छ भन्ने महसूस गरेको छु । किन भने तपाई यो क्षेत्रका समस्याको बारेमा पहिचान गर्दै कसरी समाधान गर्न सकिन्छ भनेर हलपल सोच्ने खुवी र क्षमता भएको नेता हो ।
बर्षौपछि रविन कोइरालासँगै हामीले तपाईजस्तो नेतालाई पाएका छौं ।

हामीलाई विश्वास छ तपाई कुरा होइन काम गर्ने व्यक्ति हो । किन भने विगतमा यहींको माटोमा जन्मी, हुर्की, पढेर काठमाडौंलाई कर्मथलो बनाएका नेता पनि नभएका होइनन् । उनीहरुले तपाईलाई टुरिष्ट भनेर अपमान गरेको पनि हामीले सुनेका छौं । तर जो तपाईलाई टुरिष्टको संज्ञा दिएर आफू यहीको माटोमा जन्मेको र यही मर्ने कमस खाएर हिंड्नुहुन्छ उहाँहरु कै चुनावको बेला भन्दा अन्य समय कमै मात्र उपस्थित देखिन्छ यहाँ । जब चुनाव आउँछ अनि गाउँ फर्केर विदेशमा रातदिन दुःख गरेर नेपाली दाजु भाईले पठाइदिएको सहयोग रकमलाई आफ्नै गोजीको जस्तो गरी समाजसेवाको नाममा खर्च गर्ने व्यक्तिको यहाँ खाँचो छैन । हो त्यस्तै रकमबाट न्यायो कपडा, चालमको बोरा र विपन्नको नाममा घर बनाइदिएर गरीबमाथि राजनीति गर्नेको पनि यहाँ खाँचो छैन । छ त केवल विकासप्रेमी नेताको ।

प्रिय अग्नी
हामीलाई हाम्रो दुःखमा साथ दिने नेता चाहिएको छ । हाम्रो समस्यामा साथ दिने अभिभावक चाहिएको छ । चाहिएको छ अनि फोस्रा आश्वासन बाड्ने होइन काम गर्ने नेता । त्यो सबै गुण म तपाईमा देख्छु । म जस्ता क्षेत्र नम्बर १ का हजारौं जनताको अपेक्षा पूरा गर्ने तपाईलाई हामी जिताउन आतुर छौं । सुनेको थिएँ हिजो तपाईको मुख्य प्रतिस्पर्धी गठबन्धनका उम्मेद्वार नोट चल्ने अनि भोट नचल्ने भन्दै काठमाडौंतिर कुरल्दै गरेको । मलाई पनि ठिकै लागेका थियो उहाँका कुरा । गैर आवासीय दोहोरो नागरिकता भएकाले पनि भोट हाल्न पाउनुपर्छ, नेपाली सरह नेपालका उद्योगधन्दामा लगानी गर्न पाउनुपर्छ । त्यति मात्र होइन उहाँको माग नै उनीहरुले चुनावमा भोट हाल्न पनि पाउनुपर्छ भन्ने थियो । तर आज सुन्दैछु हजारौं नेपालीका छोराछोरी जस्तै तपाईको पनि छोरा अमेरिकातिर बैदेशिक रोजगारका लागि जानुभएको रहेछ । त्यही जाबो कुरालाई लिएर चुनावी फण्डा गरिरहेका छन् विपक्षीले । मलाई विश्वास छ जसले हिजो मुद्दा उठायो आज उसैले चुनावका बेला विभिन्न मिडिया प्रयोग गरेर आफ्नै भनाइको खेल्ली उठाउँदा नेपाली जनताले बुझ्ने छन् उहाँको सक्कली रुपलाई ।

त्यसैले प्रिय अग्नी तपाई नदीजस्तै स्वच्छ हुनुहुन्छ, तपाईसँग बैचारिक लडाई लड्न नसक्नेहरु यस्तै खुराफाती गरिरहन्छन् । जसले तपाईको उचाईलाई घटाउने होइन हिमालजस्तै उच्च बनाइरहेको छ । तपाई जितको नजिक हुनुहुन्छ । म केही समयदेखि विरामी भएर ओछ्यानमा छु तर तपाईलाई जिताएर विजयको माला पहिर्याउन अरु जस्तै म पनि आतुर छु ।
तपाईको शुभचिन्तक
संगीता गजुरेल

प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार  ४ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]