जेष्ठ १, २०८१ मंगलबार

जनताले दिएको मत खेर जान दिने छैनौं : कोइराला

झापा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा झापा जिल्ला सहइन्चार्ज रविन कोइरालाले आफ्नो पार्टीले सधै जनताको मतको कदर गर्ने गरेको बताएका छन् । संविधान सभा सदस्य समेत रहेका कोइरालाले एमाले सधै जनताको पक्षका रहेको बताए ।

आसन्न निर्वाचनमा झापा क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार कोइरालाले विगतको निर्वाचनमा यस क्षेत्रका जनताले मेचीनगर नगरपालिकाको संस्थापम मेयर हुँदाका बखत होस् वा दोस्रो संविधान सभाको निर्वाचनमा यस क्षेत्रबाट संविधान सभा सदस्यका लागि विजयी बनाउँदा होस् सधै आफुले यस क्षेत्रको आम मतदाताको साथ र आशिर्वाद प्राप्त गरेको बताए ।

उनले आसन्न निर्वाचनबाट पनि आफु जनप्रतिनिधिको रुपमा निर्वाचित भएर बिगतको जस्तै यस क्षेत्रको समग्र विकासमा सरिक हुने प्रतिबद्धता जाहेर गरे । उनले यस क्षेत्रका आम मतदाताहरुको साथ र आशिर्वादले आफु बिगतका निर्वाचनमा झै यसपटक पनि निर्वाचित भएर यस क्षेत्रको जनप्रतिनिधिका रुपमा जनताको सेवामा सरिक हुने बताए ।

प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार  ८ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]