जेष्ठ २७, २०८२ सोमबार

देशव्यापी बन्दै ब्याजदर वृद्धिविरुद्धको आन्दोलन

काठमाडौं । बैंकहरूको चर्को ब्याजदर र राष्ट्र बैंकको चालू पुँजी निर्देशिकाका कारण मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण खस्कँदै गएको भन्दै निजी क्षेत्रले सुरु गरेको आन्दोलन देशव्यापी हुने भएको छ ।

शुक्रबार राजधानीको माइतीघर मण्डलामा सांकेतिक प्रदर्शनसँगै सुरु भएको आन्दोलन देशव्यापी गर्न लागिएको निजी क्षेत्रका अगुवाहरूले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य संघ काठमाडौंसहित बागमती प्रदेशका उद्योग वाणिज्य संघहरू तथा विभिन्न वस्तुगत संघले सुरु गरेको यो आन्दोलनमा उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू नै सहभागी भएका छन् । यद्यपी महासंघले संस्थागत रुपमा भने यसको अपनत्व लिइसकेको छैन् ।

बागमती प्रदेशका उद्योगी व्यवसायीपछि प्रदेश १ का व्यवसायीहरूले पनि आन्दोलन सुरु गदैछन् । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले बैंक तथा वित्तीय संस्थामा वृद्धि भइरहेको व्यावसायिक ऋणको ब्याज कम गराउन पहिलो चरणको चार दिने आन्दोलनको घोषणा गरेको हो ।

प्रकाशित मिति : कार्तिक २०, २०७९ आईतबार  ८ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]