जेष्ठ ६, २०८१ आईतबार

रोजगारको मुद्धा

सम्पादकीय
निर्वाचनको संघारमा दलहरु दौडिरहेका छन् । आफ्ना उम्मेदवारहरुलाई विजयी गराउने सबैको ध्याउन्न छ । सोही अनुसारको दौडमा घरदैलो चलिरहेको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि जोडतोडले मत मागिरहेका दलहरु र उम्मेदवारलाई अहिले चकित हुने गरी मतदाताले प्रतिक्रिया समेत दिइरहेका छन् । मत माग्दै जाँदा घरदैलामा उम्मेदवार र दलहरुमाथि खनिनेहरुको भीड पनि छ । जो दल वा कुनै पनि उम्मेदवारसँग जोक्किरहन्छ । त्यसको मुख्य कारण रोजगारीसँग जोडिएको छ ।

हरेक घरमा बेरोजगारहरु छन् । सरकारले स्वरोजगार हुने वातावरण नबनाउँदा बेरोजगारहरु उम्मेदवारमाथि खनिइरहेका छन् । जो सुकै उम्मेदवारमाथि खनिने भनेकै बेरोजगार प्रायः छन् । बेरोजगार समस्यामा दलहरु चिन्तित नहुँदा अहिले पनि ठुलो चुनौतिका रुपमा रहेको छ । तत्कालिन एमाले सरकारले प्रधानमन्त्री रोजगार सञ्चालन गर्यो । सय दिन रोजगार दिने प्रधानमन्त्री रोजगार एउटा विकल्प भयो । तर, त्यसले मात्रै परिवार धान्ने अवस्था छैन । सबै राजनीतिक दलहरुले रोजगारको वातावरण बनाउनुपर्छ ।

बेरोजगारी समस्याका कारण युवाहरु गलत बाटोमा लागेका छन् । दैनिक जीवन नै चलाउन समस्या रहेको परिवारलाई यो निर्वाचनसँग धेरै साइनो सम्बन्ध छैन । उनीहरुलाई गुजारा चलाउनसँग सरोकार छ । आसन्न निर्वाचनको पूर्व सन्ध्यामा दलहरुले घोषणा पत्रमा रोजगारीको सवाललाई उठाएका छन् । तर, यसअघि पनि नउठाएका होइनन् । देशमा बेरोजगारको संख्या घटाउने हो भने पनि वेथिती कम भएर जाने छ । जबसम्म रोजगारीको व्यवस्था मिलाउन सकिन्न तबसम्म सामाजिक अराजकता सहनुपर्ने हुन्छ । त्यसैले उम्मेदवारहरु गाउँ पुग्दा देखिएका समस्यालाई निर्वाचित भएपछि समाधान गर्नैपर्छ ।

प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]