जेष्ठ २७, २०८२ सोमबार

एभरग्रीनमा कक्षा ११ का विधार्थीलाई स्वागत

शान्तिनगर । न्यू एभरग्रीन अंग्रेजी मा.बि. बुद्धशान्ति ४ मा कक्षा १२ का बिद्यार्थीले कक्षा ११ का नयाँ विद्यार्थीलाई एक कार्यक्रम गरी स्वागत गरेका छन् ।

बिद्यालयमा आज आयोजित स्वागत कार्यक्रममा कक्षा १२ का बिद्यार्थीले नयाँ बिद्यार्थीलाई सयपत्रीको माला र अबिरले स्वागत गरेको शिक्षक चुडामणी निरौलाले जानकारी दिए । शिक्षक निरौलाका अनुसार कक्षा १२ का बिद्यार्थीले नृत्य र गायन लगायत सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण ढुङ्गानाको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी बुद्धशान्ति ४ का वडाध्यक्ष शेर बहादुर रायले बिद्यार्थी र बिद्यालयको प्रगतिको शुभकामना दिएका थिए ।

बिद्यालयबाट उत्पादन भएका बिद्यार्थीले बिद्यालयको नाम गौरव गर्न लायक बनाएको भन्दै उत्कृष्ट शिक्षाको लागि शहरतिर जान नपर्ने बताए । त्यस्तै विशिष्ट अतिथि प्याब्सन बुद्धशान्तिका अध्यक्ष गङ्गा निरौलाले न्यु एभरग्रीन जिल्ला मै नमुना बिद्यालयको रुपमा स्थापित भएको भन्दै शुभकामना दिएका थिए ।

प्याब्सन झापाका सदस्य बिष्णु सापकोटाले बिद्यार्थीलाई रचनात्मक कार्यमा प्रेरित गरेको भन्दै प्रिन्सिपल तिलक पाख्रीनको प्रशंसा समेत गरेका थिए । अभिभावकको तर्फबाट स्थानीय दिलिप सरदारले शुभकामना मन्तव्य राखेका थिए ।

कक्षा ११ का विद्यार्थी गोमा राई र स्वस्तिका न्यौपानेले एभरग्रीन बिद्यार्थीहरुको रोजाईमा परेको बताएका थिए ।
बिशिष्ट अतिथीको रुपमा बोल्दै मंगलबारे बजार समितिका अध्यक्ष भक्त बहादुर ग्लानले बिद्यालयले गरेका विभिन्न कृयाकलापले स्थानीय स्तरमा महत्वपूर्ण भुमिका खेलेको भन्दै आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गरे ।

पूर्व विद्यार्थी बिष्णु लामिछानेले न्यू एभर ग्रीन स्कुल पढेको बिगतलाई सम्झिदै आफुलाई यो अवस्थामा स्थापित गर्न महत्वपूर्ण भुमिका खेलेको उद्घोष गरेका थिए । कक्षा १२ कि बिद्यार्थी आशा लिम्बुले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन गुणराज अर्यालले गरेका थिए ।

वि.स. २०५३ सालमा स्थापना भएको बिद्यालयमा हाल कक्षा नर्सरी देखी कक्षा १२ सम्म ९५५ विद्यार्थी अध्यनरत छन् ।

प्रकाशित मिति : कार्तिक २२, २०७९ मंगलबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]