बैशाख ३०, २०८२ मंगलबार

माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रचण्डको पछि नलाग्न आग्रह

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रचण्डको पछि नलाग्न आग्रह गरेका छन् ।

झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हिजो हामीले नेकपा बनाएका थियौँ । तपाईंहरु माओवादीको होइन नेकपाको हुनुहुन्छ । प्रचण्डको पछाडि भुलले लाग्नुभयो । फर्किनुस् ।’

अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एस भन्ने पार्टी नै नभएको टिप्पणी गरे । एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने बताए । त्यस पार्टीमा अलमलिएर बसेको केही साथीहरुलाई एमालेमा फर्किन आग्रह गरे ।

कांग्रेससहित अरुका पछि नलाग्न आग्रह गरेका छन् । स्वतन्त्र हुँ भनेर घण्टी बजाउँदै, लौरो टेक्दै आएकाहरुको भ्रममा नपर्न समेत आग्रह गरेका छन् ।

अध्यक्ष ओलीले भने, ‘कोहीलाई पत्रकारिता गर्दागर्दा राजनीति गर्न मन लाग्छ । ठीकै छ उम्मेदवार भएका छन् । तर, उनलाई भोट दिएर के गर्ने ? त्यस्ता मान्छे यहाँ पनि आएका होलान् । मैले धेरै बुझेको पनि छैन । तिनीहरुले केही गर्न सक्दैनन् । उम्मेदवार हुन पाइन्छ । तर, गर्ने के ?’

प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार  ६ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]