बैशाख ८, २०८१ शनिबार

मतदाताको गुनासो सम्बोधन गर

सम्पादकीय
मंसिर ४ मा हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारहरु नियमित घरदैलोमा पुगिरहेका छन् । प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेवारहरुलाई सबै भन्दा ठुलो चिन्ता अहिले आफ्नो पक्षमा मतदाताको ध्यान तान्नुमा छ । झापाको ५ वटा निर्वाचन क्षेत्र र प्रदेश निर्वाचन क्षेत्र १० वटामा उम्मेदवारको लावालस्कर मतदाताको ध्यान तान्नेमा छ । सबै दलका उम्मेदवारहरु आआफ्नै जीत दावी गरिरहेका छन् । तर, उम्मेदवारभन्दा पनि विगतका काम मतदाताले हेरिरहेको स्पष्ट हुन्छ ।

मतदातालाई भेट्दै भोट माग्ने उम्मेदवारसँग मतदाताले उत्तिकै गुनासो पनि राखिरहेका छन् । आफ्नो घर छेउछाउमा अपेक्षाकृत विकास हुन नसकेको अधिकांशको गुनासो छ । उम्मेदवारहरुले अहिले नभएका कामहरु अब निर्वाचित भएपछि पुरा गर्ने ढाडस दिइरहेका छन् । अर्को गुनासो भनेको उम्मेदवारहरु निर्वाचित भएपछि फर्केर नआउने गरेको छ । वास्तवमा निर्वाचित जनप्रतिनिधिहरु निर्वाचित भएपछि कमै मात्रामा फर्केर आउने गरेका छन् । तर, यो घरदैलोमा आइरहेको गुनासोप्रति उम्मेदवार पक्कै सजग भएको हुनुपर्छ ।

राजनीतिक दलहरुले आफ्ना उम्मेदवार निर्वाचित भएपछि जनताको दुख सुखमा हाजिर गराउनै पर्छ । त्यसको जिम्मा दलहरुले लिनुपर्छ । दलहरुले आफ्ना निर्वाचित प्रतिनिधिलाई लगाममा राखेर डोहोर्याउने हो भने आगामी दिनमा यस प्रकारका समस्या आउने छैनन् । आम नागरिकका अनेकौं दुख, कष्ट छन् । विकास निर्माणमा समानता छैन । आधारभुत क्षेत्रमा विकास पुग्न सकेको छैन । यसैले उम्मेदवारहरु अहिले मतदाताबाट पाएको सूझावलाई मध्यनजर गर्दै आगामी दिनमा काम गर्न जरुरी हुन्छ । त्यसैले गुनासाहरुलाई संकलन गरी जो सुकै निर्वाचित भएपछि सम्बोधन तर्फ ध्यान दिनुपर्छ ।

प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]