जेष्ठ ४, २०८१ शुक्रबार

देशभक्त नागरिकलाई एमालेमा एकताबद्ध हुन ओलीको आग्रह

शिवसताक्षी । एमाले अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने स्पष्ट कार्यदिशा र भिजन रहेको पार्टी एमाले मात्रै रहेको बताएका छन् ।

झापा शिवसताक्षीको शिवगञ्जमा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हालसम्म ठूला परियोजना र जनजीवनलाई आवश्यक पर्ने आधारभूत समस्याहरु नेकपा एमालेले समाधान गर्ने र गर्दै आएको बताए ।

एमालेले आफ्नो घोषणापत्रमा २० ओटा काम ग्यारेन्टीका साथ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । अन्य ८२ बुँदामा एमालेले घोषणा पत्र तयार गरेको उनको भनाई छ । आम मतदाताहरुलाई घोषणा पत्र एक चोटी अध्ययन गरिदिन उनले आग्रह समेत गरेका छन् । ग्यारन्टी भित्र बच्चा बच्चीको बढाई, रोजगारी, किसानका समस्याहरुलाई सम्बोधन, किसानको उत्पादनलाई बजारीकरण गर्ने, कृषि उत्पादनलाई मूल्य तोकिने, शिक्षा, स्वास्थ, रोजगारी लगायतका विषयहरु रहेका छन् ।

नेकपा एमालेले सुुकुम्बासी समस्या समाधान गर्ने तयारी गरिरहेको अवस्थामा सरकारबाट निस्कनु पर्र्यो । घर नभएका नागरिकका लागि प्रत्येक स्थानीय तहमा जनता आवास कार्यक्रम घर निर्माण गरिदिएर घर विहीन नागरिकलाई व्यवस्थापन गरिएको छ । अझै धेरै घरहरु बन्दैछन् । क्रमशः घर विहीन नागरिकहरुलाई घर हस्तान्तरण गर्दै लगिने अध्यक्ष ओलीको भनाई छ ।

ज्येष्ठ नागरिकहरुलाई बाँच्नका लागि आधार र सम्मान गर्दै एमालेले नीति ल्याएर महिनाको १ सयबाट सुरु गरिएको बृद्धा भत्ता कार्यक्रम आज महिनाको ४ हजार पुगेको छ । त्यसले आम ज्येष्ठ नागरिकहरुलाई बुढ्यौली अवस्था मिठो मसिनो खानका लागि अरुको मुख ताक्नु पर्ने अवस्थाको अन्त्य भएको छ ।

देशका ठूला परियोजना अन्तर्गत रोकिएको हुलाकी राजमार्ग सडक सञ्जाल बनाई सकिएको छ । हुलाकी राजमार्ग बन्छ भन्दा खिसिउटी गर्नेहरु आज त्यही बाटो भएर हिड्दै छन् । ओलीले भने, ठुला नदिहरुमा एक दुई ओटा पुल बन्न बाकी छ त्यो हामी पुरा गछौं । नेपालमा रेलको थालनी भएको तपाईहरुले थाहै पाउनु भएको होला ।

अब एमालेको सरकार आएमा उचित मुअब्जा दिएर पूर्व पश्चिम रेल पनि सञ्चालन गर्ने छौ । नेपालको सबै भन्दा ठूलो सडक फास्ट ट्रयाकको काम धमाधम भैरहेको छ । धराहरा, रानी पोखरी, गौतम बुद्ध विमान स्थल, पोखरामा अन्तराष्ट्रिय विमान स्थलको काम सम्पन्न भएको छ । मदन भण्डारी राजमार्ग, मध्य पहाडी लोकमार्गको काम भईरहेको छ । त्यसका कारण एमाले काम गर्छ भन्ने विश्वास सबैमा जागेको उनले बताए । यही विश्वासका आधारमा अब मंसिर ४ पछि बन्ने एमालेको सरकारले गठबन्धन सरकारका कारण रोकिएका कामहरु दु्रत गतिमा सूचारु गरी पुरा गरिने अध्यक्ष ओलीले बताए ।

उनले देशका लागि छाती हात राखेर देश निर्माण र राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने शक्ति आवश्यक रहेको बताए । त्यसको नेतृत्व एमालेले गर्छ । तपाईहरु देश भक्त, विकास प्रेमी, आफ्नो र देश स्वाभिमान उच्च राख्ने जुन सुकै पार्टीमा आवद्ध भएका नागरिकहरुलाई सुखी नेपाली समृद्ध नेपाल बनाउने अभियानमा हातेमालो गर्न एमालेमा आउन सधै ढोका खुल्ला रहेको जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार  ६ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]