बैशाख ६, २०८१ बिहीबार

भोट माग्नु नपरोस्

सम्पादकीय
सकेसम्म ठुलो समूह बनाएर उम्मेदवारहरुले घरदैलो अभियानलाई तीब्रता दिइरहेका छन् । घरदैलोको मुख्य उद्देश्य भोट माग्नु नै हो । जति ठुलो भिड, त्यति नै मतदाताको आकर्षण भन्ने बुझाई छ उम्मेदवार र दलहरुको । दलहरुले निर्वाचनको पूर्वसन्ध्यामा शक्ति प्रदर्शनलाई महत्व दिएका हुन्छन् । शक्ति प्रदर्शनबाट भोट प्रभावित गर्ने भन्ने अर्को उद्देश्य लुकेको हुन्छ । तर, घरदैलोको क्रममा देखिएको खर्चपातले निर्वाचनलाई थप खर्चालु बनाएको छ । खर्चलाई जोगाउन उम्मेदवार र दलहरु सचेत हुनैपर्छ ।

घरघर, पसल–पसल पुगिरहेका उम्मेदवारहरुलाई मतदाताको सूझाव छ, राम्रो काम गर्नुहोस् भोट माग्नैपदैन । भोट माग्न मात्रै धेरै दिन छुट्याउनु परेको छ । मतदातको चहाना पनि कामबाटै उम्मेदवार चिन्न पाउनुपर्छ भन्ने हो । यसैले हरेक निर्वाचनमा उम्मेदवारलाई ठुलो समूहमा घुमाउनु नपरोस्, कामबाटै उम्मेदवारहरु हाईहाई भएका हुन् । राजनीतिक दलहरुले पनि निर्वाचन अगावैदेखि आफ्ना हरेक नेता कार्यकर्तालाई जनसेवामा लगाउनुपर्छ । नेतृत्व गर्ने बेलामा परिचय गराउनु दुखद हो ।

मनोनयपछि आन्तरिक रुपमा घुमफिर गरेका उम्मेदवारहरु कात्तिक १८ पछि चुनाव प्रचार प्रसारमा हिड्न थाले । सबै जसो वडामा उम्मेदवारहरु पुग्नैपर्ने हुन्छ । ठुलो समूह बनाएर हिडडुल गर्दा खानपिन देखि अन्य खर्च बढेर जान्छ । सबै कामधन्दा छोडेर हिडडुल गर्दा व्यवहार पनि चौपट हुन्छ । आर्थिक रुपमा ठुलो क्षति हुने हुँदा आगामी दिनमा उम्मेदवार बन्ने सोच बनाएका व्यक्तिले कामबाटै पहिचान बनाउनुपर्छ । त्यसैले यो भोट मागिरहनु पर्ने पुरानो प्रवृत्तिलाई विस्तारै हटाउदै लैजानुपर्छ । निर्वाचनलाई खर्चिलो भन्दा पनि मितव्ययी बनाउनु सबैका लागि राम्रो हो ।

प्रकाशित मिति : कार्तिक २६, २०७९ शनिबार  ९ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]