बैशाख ८, २०८१ शनिबार

कमल स्तम्भसहित पाडाजुँगी चोक निर्माण गर्ने कमल गाउँपालिकाको तयारी

बिर्तामोड । कमल गाउँपालिकाले मुख्य शहरीकरणको रुपमा विकास गर्दै आएको पाडाजुँगीमा सुन्दर र व्यवस्थित पार्क बनाउने तयारी गरेको छ । त्यसका लागि गाउँपालिकाले पहिलो चरणमा खाका तयार गरेको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गमा पर्ने पाडाजुँगी गौरीगञ्ज र गौरादह जाने मुख्य चोक पर्छ । कमल गाउँपालिकाले व्यवस्थित पार्क सहित बस विसौनी समेत निर्माण गर्न सोहि अनुसारको खाका तयार गरेको हो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले भने, प्रारम्भिक रुपमा खाका तयार भएको छ, आवश्यकता अनुसार अझै पनि सच्चिन सक्छ ।

गाउँपालिकाले पाडाजुँगी चोकलाई व्यवस्थित बनाउन हाल १० लाख रुपैंया बजेट बिनियोजन गरेको छ । सो बजेटले निर्माण सम्पन्न गर्न नसकिने भएकाले प्रदेशसँग समेत सहयोग माग्ने तयारी भएको श्रेष्ठको भनाई छ । चोकमा निर्माण गरिने संरचना सीसी क्यामेरा सहितको हुने बताइएको छ ।

चोकमा निर्माण गरिने नयाँ संरचनामा कमल गाउँपालिकाले कछुवा सहितको कमल स्तम्भ निर्माण गरिने जनाएको छ । पार्क सहितको चोकमा मुख्य आकर्षण कमलस्तम्भ नै हुने देखिएको छ ।

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  २ : ५२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]