बैशाख २७, २०८२ शनिबार

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने अवसर पायो

काठमाडौं । नेपालले पहिलो पटक क्रिकेटको विश्वकप आयोजना गर्ने अवसर पाएको छ । नेपालले २०२७ को यु–१९ महिला विश्वकप क्रिकेट आयोजना गर्नेछ । यो विश्वकप नेपालले बंगलादेशसँग मिलेर आयोजना गर्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बोर्डले २०२४ देखि २०२७ सम्म आईसीसी यू–१९ प्रतियोगिताको आयोजक राष्ट्रको आज घोषणा गरेको हो ।

आइसीसी यु–१९ पुरुष क्रिकेट विश्वकप २०२४ श्रीलंकाले आयोजना गर्ने छ भने २०२६ को संस्करण जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। आइसीसी यु–१९ महिला टि–२० विश्वकप २०२५ मलेसिया र थाइल्याण्डमा हुनेछ भने २०२७ को यु–१९ महिला विश्वकप प्रतियोगिता बंगलादेश र नेपालले संयुक्त रूपमा आयोजना गर्नेछन् ।

मार्टिन स्नेडेनको अध्यक्षतामा रहेको बोर्ड उप–समितिले निरीक्षण गरेको प्रतिस्पर्धात्मक लिलामी प्रक्रिया मार्फत आयोजकहरू चयन गरिएको हो। आईसीसी बोर्डले समितिको सिफारिसहरू स्वीकार ग¥यो जसले आईसीसी व्यवस्थापनसँगै प्रत्येक बोलपत्रको गहन समीक्षा गरेको थियो।

प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]