बैशाख १३, २०८१ बिहीबार

दलप्रति वितृष्णा होइन

सम्पादकीय
स्थानीय तहको निर्वाचनपछि स्वतन्त्र उम्मेदवारको चर्चा धेरै छ । किनभने, धरानमा हर्क साम्पाङ र काठमाडौंमा बालेनले चुनाव जिते । जसका कारण स्वतन्त्रको ठुलो हावा चलेको छ । यहि किसिमको विजयी र चर्चा यसअघि खासै थिएन । अहिलेको निर्वाचनमा पनि स्वतन्त्रको चर्चा व्यापाक छ । तर, उनीहरुको पक्षमा खासै जनमत छैन । हरेक मतदाता दलसँग जोडिएका छन् । स्वतन्त्र उम्मेदवारहरु हावा चलेकै बेला मौकामा चौका हान्न खोजेका मात्रै हुन् । बालेन र हर्क साम्पाङ जस्तो एउटा पनि उम्मेद्वार छैन, आसन्न निर्वाचनमा ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा देखिएका स्वतन्त्र उम्मेदवार दलका विरोधीहरु धेरै छन् । कुनै योजना र कार्यक्रम नभएकाहरु दलहरु प्रति वितृष्णाको हावा फैलाइरहेका छन् । बालेन र हर्क साम्पाङले दलको विरोध गरेर निर्वाचित भएका होइनन् । उनीहरु काम गरेर र के काम गर्ने भन्ने बारे मतदातालाई स्पष्ट बनाएर जितेर आएका हुन् । स्वतन्त्र हुनासाथ चुनाव जितिने होइन । किनभने, चुनाव जित्न मतदाताको मन जित्न सक्नुपर्छ । मतदाताको मन दलहरुलाई गाली गरेर जितिदैन ।

देशमा भएका आमुल परिवर्त दलहरुकै कारण भएको हो । एमाले, कांग्रेसहरुकै बलबाट मुलुकमा परिवर्तन आएको हो । विकास र समृद्धि दलहरुकै नेतृत्वबाट भइरहेको छ । अहिलेसम्म काम गर्ने भनेको दल नै हुन् । यो परिवर्तनलाई कसैले अस्वीकार गर्न सक्दैन । जहाँ पनि पार्टी नेतृत्वप्रति जनताको के्रज छ । एकाध, नेताहरुले फटाई गरे, भ्रष्टाचार गरे भनेर अधिकांश नेताहरुको संघर्षमाथि अपमान गर्न हुदैन । स्वतन्त्रले चुनाव जित्नु र हार्नुले केहि फरक पार्दैन । दलहरुलाई सच्याएर जाने गरी आम नागरिकले वातावरण तयार गर्नुपर्छ । दलहरुप्रति वितृष्णा फैलिएको कुरा सर्वत्र झुटा हो । सायद, स्वतन्त्रहरु मंसिर ४ को निर्वाचनपछि सबै बढारिनेछन् । अर्को सत्य के हो भने, राजनीतिक दलको नेतृत्वले गर्नैपर्ने काम धेरै गर्न बाँकी छ । अन्य राष्ट्रहरुको तुलनामा नेपाल अझै धेरै पछाडि छ । दलहरु सधैं सत्ता केन्द्रित भएका छन् । अब, सच्चिन चाँहि जरुरी छ ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]