बैशाख २०, २०८२ शनिबार

प्रथम घेरावारी नकाउट फुटवल : भिमनगर र बनियाँनी भिड्ने

भद्रपुर । असोज ३ गतेबाट सुरू भएको प्रथम घेरावारी नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भिमनगर फुटवल क्लब तथा बनियानी युथ क्लब भिड्ने भएका छन् ।

वडा स्तरीय खेलकुद विकास समिति घेरावारी कचनकवल १ को आयोजनामा असोज ११ गते समापन हुने गरी सुरू भएको नकाउट फुटवल प्रतियोगिताको फाइनलमा भद्रपुर ३ को भिमनगर फुटवल क्लब तथा कचनकवल ४ को बनियानी युथ क्लब भिड्ने भएका हुन् । यस अघि सम्पन्न सेमी फाइनल खेलमा आयोजक घेरावारी क्लवलाई बनियानी युथ क्लबले २ का बिरूद्ध ४ गोल अन्तरले जित्न सफल भएको थियो भने कचनकवल फुटबल क्लवलाई शुन्यका बिरूद्ध ९ गोल गरी भिमनगर फुटवल क्लब फाइनलगमा पुगेको होे ।

घेरावारी स्थित देउराली सामुदायिक वनको खेल मैदानमा भइरहेको खेलको उद्घाटन कचनकवल १ का वडाध्यक्ष लक्ष्मीनारायण यादव तथा वडा स्तरीय खेलकुद समितिका अध्यक्ष सत्यनारायण यादवले संयुक्त रूपमा गरेका थिए । प्रतियोगितामा विजेता टिमलाई नगद २५ हजार हित शिल्ड प्रदान गरिने छ भने उपविजेताले १५ हजार नगद सहित प्रमाण पत्र प्राप्त गर्ने छ ।

प्रकाशित मिति : आश्विन ९, २०७६ बिहीबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]