बैशाख ४, २०८१ मंगलबार

अग्नीको पक्षमा स्वतन्त्र युवाको गरे मोटरसाइकल र्याली

मेचीनगर । ‘युवाको आवाज विकासका लागि अग्नी खरेल’ नाराका साथ स्वतन्त्र युवा समुहले मेचीनगरमा १०० वटा मोटरसाइकलमा र्याली सम्पन्न गरेका छन् ।

मंगलबार ईटाभट्टाबाट १०० वटा बाइकमा युवाहरुले मेचीनगरको काँकरभिट्टा, बाहुनडाँगी हुँदै भृकुटि लगायतका ठाँउमा र्याली प्रदर्शन गरेका हुन् ।

दिउसो २ वजे ईटाभट्टादेखि सुरु गरेको मोटरसाइकल र्याली मेचीनगरको विभिन्न ठाँउमा घुमेर बेलुका ५ वजे ईटाभट्टामा कोणसभा गरेर सम्पन्न भएको थियो ।

कोणसभामा स्वतन्त्र युवा समुहका सारंश ढुगाना, हेमन्त गिरी लगायतले विकासको मोडल बोकेका झापा–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अग्नी खरेललाई जिताउन मेचीनगरका विभिन्न ठाँउमा मोटरसाइकल र्याली गरिएको बताएका थिए ।

काठमाडौँको बागमति खोला नजिक सुविधानगरमा मदन भण्डारी पार्क, गौरादहको थुप्रै ठाँउ र बिर्तामोडको डोमालाल राजबंशी रंगशाला, मोहनमाया मावि लगायतका क्षेत्रमा खरेलको योगदान अतुलनिय रहेकोले विकासप्रेमी उम्मेदवारको पक्षमा स्वतन्त्र युवा समुह उभिएको समुहका युवा नेता निशेष पाठकले बताए ।

कानुन मन्त्री समेत भइसकेका खरेलले शिक्षा मन्त्री हुँदा ईटाभट्टाको आदर्श माविको टिनको छानो पानीले चुहिएका बेला मर्मतका लागि २६ लाख रुपैयाँ स्कुललाई पठाईदिएको पाठकको भनाई छ ।

‘क्षेत्र नम्बर १ मा विकास चाहिँएको छ’, ढुंगानाले भने–‘त्यसैले पनि खरेललाई जिताउन स्वतन्त्र युवाहरु आतुर भएका छौँ ।’

प्रकाशित मिति : कार्तिक २९, २०७९ मंगलबार  ८ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]