चैत्र १५, २०८० बिहीबार

झापा फेरि लालकिल्ला बन्दैछ, विजय उत्सवको तयारी गर्नुहोस् : कार्की

बिर्तामोड । नेकपा एमाले झापाका अध्यक्ष दिपक कार्कीले मंसिर ४ को निर्वाचनमा एमाले र राप्रपाका सबै उम्मेदवार विजयी हुने बताएका छन् । आम मतदाताको उत्साहलाई मतमा परिणत गर्न मात्रै बाँकी रहेको उनको भनाई छ ।

एमालेले झापामा केहि सिटमा राप्रपासँग तालमेल गरेको जानकारी दिदैं अध्यक्ष कार्कीले सबै उम्मेदवारको विजयी निश्चित भएको प्रतिक्रिया दिएका छन् । जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० वटा प्रदेश निर्वाचन क्षेत्रका उम्मेदवारहरुलाई विजयी गराउन मतदातामा उत्साह देखिएको अध्यक्ष कार्कीको भनाई छ ।

एमालेको माहोल देखेर गठबन्धन अत्तालिएको भन्दै अध्यक्ष कार्कीले मतदाताबाट धेरै माया पाएको बताए । जिल्लाको चुनावी प्रचार अभियान अन्तिम चरणमा पुगिरहेको बेला एमालेले सबै निर्वाचन क्षेत्रमा विजयीको झण्डा फहराउन मात्रै बाँकी रहेको उनको धारणा छ । उनले विजय उत्सवको तयारीमा रहन आम झापाबासीलाई आग्रह समेत गरेका छन् ।

गठबन्धनले आशा गरेका निर्वाचन क्षेत्र नं. १ र ३ मा समेत एमाले र राप्रपाको विजयी निश्चित भएको कार्कीकोे भनाई छ । हामीलाई सबै क्षेत्रमा निर्वाचन जित्न कठिनाई छैन, कार्कीले भने – अब मंसिर ४ को पर्खाई मात्र बाँकी रहेको छ ।

चुनावी घरदैलो अभियानमा एमालेलाई मतदाताबाट पर्याप्त सूझावहरु समेत आएको कार्कीले जानकारी दिए । उनले एमालेले मुलुकको विकासलाई निरन्तरता दिदैं घोषणापत्रको पूर्ण कार्यान्वयन गर्न सूझाव पाएको बताएका छन् । मतदाता र शुभचिन्तकहरुले एमालेको घोषणापत्र पूर्ण कार्यान्वयन भए मात्रै समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पुरा हुने बताएको कार्कीको भने ।

प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार  ८ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]