बैशाख ६, २०८१ बिहीबार

राष्ट्र निर्माणमा फेरि ओली सरकारको आवश्यकता

नारायणप्रसाद पोखरेल –
आदरणीय झापा निर्वाचन क्षेत्र नं. २ का न्यायप्रेमी जनसमुदाय । यतिबेला मंसिर ४ गते हुने संघीय तथा प्रदेशसभा निर्वाचनमा आम मतदाता सवैको चासो छ । हरेक ५ वर्षमा हुने निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरुले आआफ्नो नीति कार्यक्रम लिएर जनता साुम आउने जाने क्रम जारी छ । निर्वाचनको माध्यमबाट नै जनताले ५ वर्षको लागि आफ्नो प्रतिनिधि चयन गर्ने अवसर प्राप्त गर्नेछन् । राष्ट्र निर्माणमा कुन राजनीतिक दलको के नीति, कार्यक्रम भन्ने कुरा नै आम निर्वाचनमा उम्मेदवारलाई निर्वाचित गर्ने छनौटको माध्यम बन्ने गरेको छ ।

उम्मेदवारको योग्यता, क्षमता, कार्यकुशलता तथा अन्य कुरा थाहा पाएर नै मतदाताले मत दिने हो । एउटा सांसदले मुलुक सञ्चालनका लागि आवश्यक ऐन, कानुन निर्माण गर्नु आफ्नो क्षेत्रको विकास निर्माणमा आवश्यक पहिचान गर्नु, सम्बन्धित मन्त्रालय, विभाग, निकायमा योजना समावेश गर्नु र योजना कार्यान्वनय भए नभएको अनसुगमन गर्नु , सम्बन्धित क्षेत्रका जनताको सारो गाह्रो अप्ठ्यारोमा आवश्यक सहयोग पर्याउनु, नीति निर्माणमा राज्यका निकायहरुमा सहयोगी भूमिका खेल्नु लगायतका कयौं कामहरु हुने गर्दछन् ।

त्यसका लागि झापा क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा एमालेबाट देवराज घिमिरे र प्रदेश सदस्यमा एकराज कार्की र चिन्तन पाठकले उम्मेदवारी दिएको आम मतदातामा सर्वविदितै छ ।

नेकपा एमालेको २० ग्योन्टी लगायत समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न आजको आवश्यकता मात्र होइन, अपरिहार्यता पनि छ । नेकपा एमालेले अघि सारेका कयौं योजनाहरु आज पनि अधुरै छन् । बाँकी योजना पुरा गर्न एमाले बाहेक अरु कुनै पार्टीबाट संभव छैन । अधुरा विकास योजना यसप्रकार छ ।

१,पूर्वपश्चिम राजमार्गलाई ६ लेनको बनाउने काम ।
२,पूर्वपश्चिम रेलमार्गमा परेको जमिनको मुआब्जा वितरण रेल मार्ग निर्माण गर्न ।
३,दैलेखमा उत्खनन् शुरु गरेको तेलखानीलाई परिणाममुखी बनाउने काम ।
४, नललपरासी पूर्व धौवादी फलाम खानी उत्खनन्को कार्यलाई टुङ्गोमा पुराउने र फलाममा देशलाई आत्मनिर्भर बनाउने कार्य ।
५, सिलिगुडी–चारआली, अमलेखगञ्ज–चितवन पाइपलाइन विस्तार गरी डिजेल, पेट्रोलको ढुवानी । ६, विगतमा शुरु गरेको नौविसे–काठमाडौं सुरुङ मार्गलाई विस्तार गर्ने काम ।

७,मदन भण्डारी राजमार्ग,हुलाकीराजमार्ग, पुष्पलाल राजमार्ग, निजगढ–काठमाडौं फाष्टट्रयाक जस्ता राष्ट्रिय योजनाका सडक निर्माणलाई पूर्णता दिने काम ।
८,प्रदेश १ देखि सुदुरपश्चिम प्रदेशसम्म प्रत्येक प्रदेशमा औधोगिक क्षेत्र स्थापना गर्न र नागरिकलाई स्वदेशमै रोजगारी उपलब्ध गराउने काम ।

९, बाँकी रहेका तुँइन विस्थापित गर्न र झोलुङगे पुल निर्माण गर्न ।
१०,पूर्वपश्चिम राजमार्गबाट सदरमुकाम जोड्ने सडक निर्माण कार्य पुरा गर्न ।
११,सके रोजगारी दिने नसके भत्ता उपलब्ध गराउने ।

१२, ज्येष्ठ नागरिकको मासिक भत्ता वृद्धि गरी सम्मान गर्न ।
१३, दुर्गममा सुत्केरी हुन नसकेका महिलालाई हेलिकप्टरबाट उद्धार कार्य जारी राख्न ।

१४,पोखरा निजगढमा बन्दै गरेका अन्तराष्ट्रिय विमानस्थल सम्पन्न गरी पर्यटकको पहुँच वृद्धि गर्न । १५, शुरु गरिएका अस्पताल सम्पन्न गरी आधारभुत जनतालाई औषधि उपचारमा सहजता प्रदान गर्न ।
१६, २ वर्षभित्रमा सम्पुर्ण नागरीकलाई विद्युत सेवा उपलब्ध गराउने हिउँदमा ३० युनिट र वर्षमा ५० युनीट विद्युत निशुल्क उपलब्ध गराउने ।

१७) आगामी ५ वर्षमा ६ हजार ५ सय मेघावाट विद्युत उत्पादन गरिने ।
१८) आगामी ५ वर्षमा सम्भव भएका सबै नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउने ।
१९) कृषि योग्य जमिनमा सिचाई सुविधा उपलब्ध गराईदिने ।
२०) सहरमा भुमीगत तारको व्यवस्था गरि सहरलाई सुन्दर बनाइने छ ।

२१) फुसको घरमा टिनको छाना, वेघरवारलाई घर बनाई बसोबासको व्यवस्था गर्ने कार्य ।
२२) कोही भोकै पर्दैन, भोकले कोही मर्दैन नीतिलाई कडाईका साथ लागु गर्ने ।
२३) देशलाई पुर्ण साक्षर बनाइने छ । प्राविधिक शिक्षालाई प्राथमिकता साथ लागु गर्ने कार्य । २४)सभ्य समाज मर्यादित नागरिकको नीतिलाई कार्यन्वयन गरिने छ ।

२५) देशभर इन्टरनेटको सुविधा उपलब्ध गराइने छ ।
२६) १६ वर्ष पुगेका सबै नागरिकलाई नागरिकता प्राप्त गर्ने अधिकारलाई सुनिश्चित गरिनेछ ।
अंगीकृत नागरिकका छोरा छोरीहरुलाई नागरिकता प्राप्त गर्न सहज नीति बनाउने कार्य ।
२७)हाल करिब रु ४८ खर्वको कुल ग्राहस्थ उत्पादन (जि.डी.पी) लाई आगामी ५ वर्षमा १०० खर्व पुर्याइने छ । पाचँ वर्षमा प्रतिव्यक्ति आय २ हजार ४ सय अमेरिकी डलर पुर्याइनेछ ।
२८) जग्गा जोत भोग गरि रहेका धनीपुर्जा पाउन बाँकी जग्गा धनीहरुलाई भुमी आयोग बनाई आगामी ५ वर्ष भित्रमा जग्गाको मालिक बनाइने कार्य गर्न ।

२९) मलको कारखाना खोली मलको अयातलाई अन्त्य गरिनेछ । कृषि उत्पादन बढाई खाद्यन्नमा आत्मानिर्भर बनाइनेछ ।
३०) वातावरणमा वनको महत्वपूर्ण योगदान हुने गर्दछ । न्युनतम ४५ प्रतिशत हरियाली वन क्षेत्र सुरक्षित गरिनेछ ।
३१) हाम्रो नेपाल, निरोगी नेपाल बनाउन सम्भव भएका सवै उपायहरु अवलम्वन गर्ने ।
३२) श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गर्ने, विदेशी श्रमिकलाई निरुत्साहित गरिने, दक्ष श्रमिक उत्पादन गर्न श्रमिकको चाहना अनुसार तालिय उपलब्ध गराई दक्ष जनशक्ति उत्पादन गर्ने ।
३३) कुनै पनि नागरिकले सडकमा मागेर हिड्नु पर्देैन । सबै नागरिकको जिम्मा राज्यले लिनेछ ।

३४) युवाहरुलाई दक्ष, सीप, सवल र स्वस्थ बनाई देशको उत्तम बिकासमा लाग्न प्रेरित गरिने छ ।
३५) महिला हिंसा, बालबिवाह , बहुविवाह , बोक्सी प्रथा , छाउपडी प्रथाको अन्त्य गरि असल, योग्य,
शिक्षित नागरिक बनाई देश निर्माणमा महिलालाई सँगै अगाडि बढाउने ।
३६) देशभरमा थप ५० वटा सहरको व्यवस्था गरिनेछ ।
३७) अन्तरिक्षमा सेटलाइट स्थापना गरिनेछ । व्याण्ड विथको भुक्तानीका लागि विदेशिनबाट रोकिनेछ ।
३८)मिडियामा विदेशी लगानी निषेध गरिनेछ ।
३९) स्वतन्त्र सन्तुलित अन्तराष्ट्रिय सम्बन्ध कायम गरिनेछ ।

४०) कालापानी , लिपुलेक, लिम्पीयाधुरा लगायत भारतसँग विवादमा रहेको भुमि कुटनैतिक माध्यमबाट फिर्ता गरिनेछ ।
४१) भारत तथा चिनसँघ सम्बन्ध स्थापित गरिनेछ ।
४२) हाम्रो देश स्वतन्त्र, सार्वभौम सम्पन्न राष्ट्र निर्माण गर्ने कुनै कसर बाँकी राखिने छैन ।
आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु तपाईको घरदैलोमा विभिन्न स्वतन्त्र,नाम, दल जोडेर आउनेहरुसँग सचेत नभए भविष्यमा पछुतो मान्नु बाहेक केहि बाँकी रहनेछेन । त्यसैले नेकपा एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गरी विजयी गराउन अपील समेत गर्दछु ।
(लेखक : नेकपा एमाले झापाका सल्लाहाकार परिषद संयोजक हुन् ।)

प्रकाशित मिति : कार्तिक ३०, २०७९ बुधबार  १० : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]