यूएईको पोष्टमा अर्जेन्टिनाको पाँच गोल
यूएई । विश्वकप फुटबलअघि मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले यूएईविरुद्ध फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा अर्जेन्टिनाले यूएईलाई ५-० गोलले पराजित गरेको हो ।
मोहम्मद विन जायद रंगशालामा भएको खेलमा घरेलु टिम यूएईविरुद्ध अर्जेन्टिनाले सानदार जित निकालेको हो । अर्जेन्टिनाको जितमा डि मारियाले दुई, जुलियन अल्भारेज, कप्तान लियोनल मेस्सी र जोआकिन कोरेयाले गोल गरे ।

पहिलो हाफमा चार गोल गरेको अर्जेन्टिनाले दोस्रो हाफमा थप एक गोल गर्दै जित निकालेको हो । खेलको १७औँ मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई १-० गोलको अग्रता दिलाए ।
खेलको २५औँ र ३६औँ मिनेटमा डि मारियाले गोल गरेपछि यूएईविरुद्ध अर्जेन्टिनाले ३-० को अग्रता बनाएको थियो । खेलको ४४औँ मिनेटमा कप्तान मेस्सीले गोल गरेपछि पहिलो हाफसम्म अर्जेन्टिनाले ४-० को अग्रता बनायो । खेलको ६०औँ मिनेटमा कोरेयाले गोल गर्दै अर्जेन्टिनालाई ५-० गोलको जित दिलाए ।