विश्वप्रकाशका विरुद्ध झापा -१ मा ‘नो सिम्प्याथी’ अभियान
झापा – दुई पटक संसदीय चुनाव हारेका विश्वप्रकाश शर्माले आफूलाई सहानुभतीको भोट दिन भन्दै मतदाता माझ पुगेपछि एमालेले ‘नो सिम्प्याथी’ अभियान सञ्चालन गरेको छ ।
जनमत कमजोर भएका कारण संवेदनशिल विषयहरु उठाएर मानवीय संवेदनामा खेल्न खोजेको भन्दै एमालेले नो सिम्प्याथी अभियान चलाएको हो । ‘दुईपल्ट हांरे । त्यसै पटक मलाई सिम्प्याथी मत दिनुहोस भन्दै उहाँ मतदाताको पुग्नु भएको छ ’ ‘मेचनीनगरका एक एमाले नेताले भने मत राजनीतिक एजेण्डा देखाएर माग्ने हो मानवीय संवेदनमा खेलेर होइन । त्यसको प्रतिकारको लागि हामीले नो सिम्प्याथी अभियान चलाएका हौं ।’

एमालेका ति नेताका अनुसार ‘नो सिम्प्याथी’ लेखिएका स्टिकर बनाएर कार्यकर्ताले छाती र ढाडमा टाँसेर हिडेका छन् । आज धुलाबारीमा आयोजित आमसभामा आएका धेरै कार्यकर्ता र मतदाताले नो सिम्प्याथी अंकित स्टिर ढाड,छाती,क्याप र ब्यागमा टाँसेर आएका थिए ।
यस क्षेत्रमा एमालेका अग्नी खरेलले चुनावी नतिजा हत्याउने देखेपछि शर्मा मलाई कति पटक हराउनुहुन्छ । एक पटक सहानुभुती दिनुहोस । नभए मेरो राजनीतिक जीनव धरासासयी हुन्छ भनेर शर्माले मतदातालाई सहानुभुतीको राजनीतिक गरिरहेको एमालेले जनाएको छ । तर मतदाताका ढाड,छाती,क्याप,ब्याग र घरघरमा समेत नो सिम्प्याथी लेखिएको स्टिकर टालिएपछि शर्मा थप विलखबन्धनमा परेको स्थानीयबासीहरु बताउछन् ।