बैशाख ३०, २०८२ मंगलबार

मौन अवधिमा आचारसंहिता विपरित विश्वप्रकाश शर्माले भोट मागे

धुलावारी । मंसिर ४ को निर्वाचनको प्रचारप्रसार अवधि सकिएर मौन अवधि शुरु भैसक्दा पनि नेपाली कांग्रेसका महामन्त्री तथा झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विश्वप्रकाश शर्माले डिजिटल प्लेटफर्मको दुरुपयोग गर्दै भोट मागिरहेको पाइएको छ ।

मंसिर १ गते बिहिवार मध्य रातको १२ बजेदेखि मौन अवधि शुरु भैसकेको छ भने मौन अवधिमा कुनै पनि तवरबाट प्रचारप्रसार गर्न नपाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।

यता एटी अलर्टबाट विश्वप्रकाश शर्माको नाममा विभिन्न व्यक्तिहरुलाई मोबाइल नम्बरमा म्यासेज मार्फत विश्वप्रकाश शर्मालाई मत दिन भनिएको छ ।

मौन अवधि सुरु भैसकेकाले यसरी मत माग्नु आचारसंहिताको ठाडो उल्लंघन भएको बताउँदै झापा क्षेत्र नम्बर–१ का निर्वाचन अधिकृत टंकबहादुर महतले उक्त कार्य निर्वाचन आचारसंहिता विपरीत रहेको र आचारसंहिता विपरीत गतिविधि गर्ने उम्मेदवारलाई कानुनी कारबाही हुने बताएका छन् ।

प्रकाशित मिति : मंसिर २, २०७९ शुक्रबार  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]