जेष्ठ ४, २०८१ शुक्रबार

झापाको एउटा मतदान केन्द्रमा मतदान स्थगित

झापा । झापाको एउटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ। झापा क्षेत्र नम्बर -४ अन्तरगत शिवसताक्षी नगरपालिका- १० स्थित बाल निकुञ्ज माविको (ग) मतदान केन्द्रमा मतदान स्थगित बनेको जिल्ला निर्वाचन कार्यालय झापाका निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए। सो मतदान केन्द्रमा मतदान सुरु भएको थियो। 

प्रतिनिधिसभा सदस्यको मतपत्र मतदाताले समानुपातिक मतपेटिकामा खसालेपछि मतदान अवरुद्ध भएको उनले बताए। अहिले सोही विषयमा सर्वदलीय छलफल भइरहेको उनले बताए। मतदान अधिकृतको कमजोरीले त्यसो भएको हुन सक्ने अनुमान गरिएको छ। यता जिल्लाका  ७६६ मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्र रहेको छ। 

केही मतदान केन्द्रमा व्यवस्थापनमा ढिलासुस्ती हुँदा समयमा मतदान सुरु हुन सकेको थिएन। कतै १५ मिनेट त कतै ३० मिनेटसम्म ढिला भएको थियो। झापामा ६ लाख ६३ हजार ३ सय ११ मतदाता रहेको छ। गत वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएका छन्। 

निर्वाचनको सुरक्षाका लागि जिल्लामा ३४ सय म्यादीसहित नेपाल प्रहरी ५५ सय, सशस्त्र प्रहरी १ हजार ७२, नेपाली सेना र अनुसन्धान गरी करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ। अहिले जिल्लाभर त्यस्तो कुनै अप्रिय घटना नघटेको प्रहरी कार्यालय झापाका एसपी विश्वमणि पोखरेलले जानकारी दिए। अहिले शान्तिपूर्ण रुपमा मतदान सुचारु भइरहेको उनले बताए। 

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ९ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]