बैशाख ११, २०८१ मंगलबार

झापा १ : मतगणना भोलि बिहानदेखि मात्रै

बिर्तामोड । झापा क्षेत्र नम्बर १ को मतगणना भोलि बिहानदेखि सुरु गरिने भएको छ । मतपेटिका संकलन गर्न नै आज राति १२ बजेभन्दा बढी समय लाग्ने भएकाले मतगणना भोलि बिहानदेखि मात्रै गर्ने झापा १ का निर्वाचन अधिकृत टंकबहादुर महतले जानकारी दिए ।

भोली बिहान सर्वदलीय बैठक बसेर मतगणना शुरू गरिने उनको भनाई छ । झापा क्षेत्र नम्बर १ मा शान्तिपुर्ण रुपमा मतदान सकिएको र अहिले मतपेटिका संकलनको काम भइरहेको अधिकृत महतले बताए ।

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ६ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]