झापामा मतपेटिका संकलन जारी
बिर्तामोड । मतदान सकिएसँगै झापामा मतपेटिका संकलन कार्य शुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पुराउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

अवेरसम्म मतपेटिका संकलन हुने भएकाले गणनामा समय लाग्न सक्ने बताइएको छ । झापा क्षेत्र नं. २ को मतगणना स्थल अर्जुनधारा नगरपालिकामा मतपेटिका पुराउने काम भइरहेको छ । जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका भण्डारण गरेपछि सर्वदलीय बैठक बसेर गणनाका लागि समय निर्धारण गरिने तयारी छ । हालसम्म कति मत खसेको छ भन्ने बारे बताइएको छ । लगभग ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ ।