झापामा ६७.२७ प्रतिशत मत खस्यो
बिर्तामोड । झापामा ६७ दशमलव २७ मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार ४ लाख ४६ हजार २ सय ५५ मत खसेको छ । जिल्लाको कुल मतदाता संख्या ६ लाख ६३ हजार ३ सय ११ रहेको छ ।
क्षेत्र नं. १ मा ८७ हजार ३ सय ९६ (७२.६०), क्षेत्र नं. २ मा ८७ हजार ७ सय २३(६५.४२), क्षेत्र नं. ३ मा ८९ हजार ६ सय ३७ (६८.२०) , क्षेत्र नं. ४ मा ७९ हजार ३ सय ४९ (६४.४४) र क्षेत्र नं. ५ मा १ लाख २ हजार १५० ( ६६.२०) प्रतिशत मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ ।