चैत्र १५, २०८० बिहीबार

उत्साह घटेका मतदाता

सम्पादकीय
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सकिएको छ । देशभर केहि केन्द्र बोहक शान्तिपूर्ण मतदान भएको छ । गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनभन्दा केहि कम उत्साह देखिएको आम निर्वाचनमा मतदातामा धेरै आशा, धेरै आशंका प्रकट गरेका छन् । यसअघिका निर्वाचनमा भन्दा कम उत्साह देखाएका मतदाताले नेतृत्व तहमा अझै सुधारको खाँचो देखिएको सन्देश दिएका छन् । मतदातामा उत्साह नदेखिएका कारण उम्मेदवारहरुमा समेत निराशा देखियो ।

निर्वाचन भनेको एउटा पार्टी जिताउने वा कुनै उम्मेदवारलाई जिताउने मात्र होइन । यो देशको भाग्य र भविष्यसँग जोडिएको छ । कसैले मताधिकारलाई दुरुपयोग गरेमा देशको भविष्यमाथि प्रहार हुन्छ । त्यसैले मतअधिकारको सहि सदुपयोग अनिवार्य हो । संविधानसभाको निर्वाचन पछि कुनै पनि निर्वाचनमा मतदाताले उत्साह देखाएका छैनन् । किनभने, संविधान जारी भएपछि मुलुकमा व्यापाक परिवर्तनको आशा थियो । जुन, अपेक्षाकृत पुरा हुन सकेको छैन । त्यसको मुल कारण भनेको पनि नेतृत्वको भूमिका नै हो ।

मतदाताले निर्वाचनमा सहभागिता जनाउदै मत खसालेका छन् । अब, यो मतलाई मुलुकको रुपान्तरणमा परिणत गर्नुपर्छ । देश बनाउन दिएको मतले निर्वाचित प्रतिनिधिले आफ्नो जीवन बनाउने होइन । रोगी, विरामी, अपांगता भएका व्यक्तिले बहुत कष्टका साथ दिएको मतको कदर हुनैपर्छ । त्यसका लागि राष्ट्र निर्माण पहिलो सर्त हो । अझै मुलुकमा जनताको जनजीवन कष्टपूर्ण छ । नागरिकको कष्टपूर्ण जीवनमा सुधार ल्याउने हो भने मात्रै लोकतन्त्रको मर्म पनि पुरा हुन्छ । यसैले मतदाताको भावनालाई सम्बोधन गर्ने कर्तव्यलाई निर्वाचित प्रतिनिधिहरुले कहिल्यै भुल्न हुदैन । मतदातासँग धेरै आशा र आशंका छन् । आशालाई पुरा गरेर अब मतदाताको अपेक्षा अनुरुप सुधारको खाँचो छ । अब पनि सुधार नहुने हो भने अर्को निर्वाचनसम्म मतदाताले अहिलेका नेतृत्वलाई ठुलो सजाय दिन सक्नेछन् ।

प्रकाशित मिति : मंसिर ५, २०७९ सोमबार  ७ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]