बैशाख ३०, २०८२ मंगलबार

झापा ५ मा एमाले अध्यक्ष ओली अगाडि

दमक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापा निर्वाचन क्षेत्र नं ५ बाट अग्रता कायम राख्नुभएको छ । मतगणनाको शुरुआत देखि नै उहाँ अग्रस्थानमा हुनुहुन्छ ।

अध्यक्ष ओलीले १७ हजार चार सय ६८ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १० हजार तीन सय सात मत प्राप्त गर्नुभएको छ ।

यसैगरी झापा ५ कै प्रदेशसभामा एमाले उम्मेद्वारले अग्रता कायम गरेका छन् । झापा–(१) मा एमालेका हिक्मतकुमार कार्कीले अग्रता कायम गर्नुभएको छ । प्रारम्भिक परिणाम नुसार उहाँले नौ सय ८१ मत प्राप्त गर्नुभएको छ । यस्तै गठबन्धनबाट नेपाली कांग्रेसका जीवनकुमार राईले छ सय ३२ मत प्राप्त गर्नुभएको छ ।

झापा–५(२) मा एमालेका होमबहादुर थापा एक हजार दुई सय ३४ मतसहित अगाडि हुनुहुन्छ । गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेवतराज पुरीले सात सय ४८ मत प्राप्त गर्नुभएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ४ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]