जेष्ठ ६, २०८१ आईतबार

झापा : ओली ९ हजार मतले अगाडि, अधिकांस सिटमा एमालेको लिड

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ९ हजार १ सय १ मतसहित अग्रतालाई कायमै राखेका छन् ।
केहीबेर अघि निर्वाचन अधिकृतको कार्यलयले दिएको जानकारी अनुसार ओलीको २१ हजार १ सय ६७ मत आँउदा गठबन्धनका खगेन्द्र अधिकारीले १२ हजार ६६ मत पाएका छन् । करिब १ लाख मत खसेकोमा हालसम्म ४२ हजार मत गणना भइसकेको निर्वाचन अधिकृत डम्बर काफ्लेले जानकारी दिए ।

झापामा प्रतिनिधिसभा तर्फ ३ र प्रदेशतर्फ ६ सिटमा अग्रतालाई कायमै राखेको छ । क्षेत्र नं. १ मा कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा र झापा ३ मा राप्रपाका उम्मेदवार राजेन्द्र लिङदेनको अग्रता छ । आज साँझसम्म झापामा ४० प्रतिशत मत गणना भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ८ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]